logo

अर्थमन्त्रीबाट खतिवडा हट्ने हल्लाले शेयर बजार उचालियो

    1314   पटक पढिएको

२० पुस / अर्थ र व्यापार - समय सकिएपछि राष्ट्रिय सभा सदस्यमा अर्थमन्त्री डा. युवराज खतिवडाको नाम मनोनित नहुने हल्ला चलाइएपछि शेयर बजार १६ अंकले बढेको छ। राष्ट्रिय सभा सदस्यको लागि मनोनयन गर्ने अन्तिम दिन भएकाले अर्थमन्त्रीलाई जोडेर आइतबार हल्ला चलाइएको थियो। 

राष्ट्रिय सभा सदस्य नरहेपछि खतिवडाको मन्त्री पद खुस्किने भन्दै बजारमा हल्ला चलाइएको थियो। यद्यपी खतिवडाको राष्ट्रिय सभा सदस्य पद सकिन अझै समय छ। उनलाई सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गरेकी थिइन्।

खतिवडाले सुरुवाति समयमा शेयर बजारलाई अनुत्पादनक क्षेत्र भन्दै अभिव्यक्ति दिएका थिए। बियरिस ट्रेण्डमा रहेको बजारमा उनको अभिव्यक्तिले लगानीकर्ता चिढिएका थिए। लगानीकर्ताले उनको बहिर्गमनपछि मात्र शेयर बजार बढ्ने विश्लेषण गर्न थालेका छन्। त्यही भएर पनि खतिवडा राष्ट्रिय सभा सदस्य र मन्त्री नहुने हल्ला चलाइँदा बजार उक्लिएको हो। 

यसअघि मन्त्री परिषद् पुनर्गठन हुँदा खतिवडा हट्ने हल्ला चलाइएको थियो। त्यसबेला केही दिनमै ५०र६० अंकले बजार सुधार भएको थियो। उनले निरन्तरता पाएपछि बजार फेरि घटेको थियो। मन्त्री खतिवडालाई देखाएर बजार बढाइए पनि फण्डा अर्कै रहेको विश्लेषकहरुको भनाइ छ। पुस मसान्त नजिकिँदै गर्दा बैंकको ब्याज र सरकारी राजश्व तिर्न पैसाको जोहो गर्नु पर्छ। बजार बढाएको खण्डमा माथिको मूल्यमा शेयर बेचेर राम्रो पैसा जोहो गर्न सकिन्छ। त्यही भएर पनि अनेक हल्ला फैलाएर सुचक प्रभावित पार्ने काम भइरहेको विश्लेषकहरु बताउँछन्।

बजार सुधार हुनुको अर्को कारण बैंकहरुमा विस्तारै तरलताको सहजता पनि हो। एक वर्षको अवधिमा बैंकहरुले एकरदुई प्रतिशत बिन्दुले ब्याजदर घटाइसकेका छन्। त्यही कारण शेयर बजारमा बैंकको व्याजदर महँगो भयो भन्ने अवस्था नरहेको एक ब्रोकरले बताए। उनले भने ‘बैंकहरुले विस्तारै विस्तारै व्याजदर घटाइरहेका छन्। यो व्याज दरमा शेयर किन्दा घाटा हुँदैन।’

नेपाल राष्ट्र बैंकले जारी गरेको पछिल्लो निर्दे्शिकाले बैंकहरुको घर जग्गा र गाडिमा जाने कर्जमा कमि आउने र थप तरलता सिर्जना हुने देखिएको बजार विश्लेषक सुरज अधिकारीले बताए।  हिजोका दिनमा भएको कर्जा संझौतालाई निरन्तरता दिने बाहेक नयाँ कर्जाका लागि माग नहुँदा बैंकहरुमा तरलता बढ्ने र यो पैसा शेयर बजारमा आउने विश्लेषकहरु बताउँछन्। 

केहि समयदेखि बैंकहरु आफै ब्रोकर कार्यालयमा गएर शेयर कर्जाका लागि मार्के्टिङ गरिरहेका छन्। यसले गर्दा पछिल्लो समयमा दैनिक कारोबार नै ५० करोड रुपैयाँ नाघ्ने गरेको छ। ब्रोकरहरुका अनुसार ‘यदि बजार सुधार भयो भने राम्रो पूँजीगत लाभ हुने भन्दै लगानीकर्ताहरु मार्जीन सुविधा लिएरै शेयर खरिद गरिरहेका छन्।‘

साताको पहिलो दिन १६.०९ अंकले सुधार भएर ११८२.३१ अंकमा रोकिएको छ। कारोबार सुरु भएको केहि समय घटेको बजारमा एकाएक सुधार आएको थियो। सुधार हुने क्रममा २० अंकसम्म बजार उक्लिएको थियो। 

दिनभरीमा ७१ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ। पछिल्लो समय बजार सुधार हुने क्रममा कारोबार रकम लगातार बढिरहेको छ। आजको बजार सबैभन्दा बाणिज्य बैंक तथा माइक्रोफाइनान्सले बढाएका छन्। बाणिज्य बैंकको सूचक १.६२ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै हिस्सा भएको बैंक तथा वित्तीय संस्थाको सूचकमा सुधार आउँदा पुरै बजारै हरियो देखिएको हो। 

सबैभन्दा धेरै शिवम सिमेन्टको ५ करोड ६२ लाख रुपैयाँको खरिद बिक्री भएको छ। त्यस्तै एनआईसी एशिया बैंकको चार करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ। ओमी र ग्रामिण विकास लघुवित्तको शेयर अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ। 

आइतबार १२२ वटा कम्पनीको शेयर मूल्यमा सुधार भए पनि २१ वटाको मूल्य भने घटेको छ। १७३ वटाको कारोबार हुँदा १७ वटाको मूल्यमा परिवर्तन देखिएन।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।