logo

अर्थमन्त्रीबाट खतिवडा हट्ने हल्लाले शेयर बजार उचालियो

    1482   पटक पढिएको

२० पुस / अर्थ र व्यापार - समय सकिएपछि राष्ट्रिय सभा सदस्यमा अर्थमन्त्री डा. युवराज खतिवडाको नाम मनोनित नहुने हल्ला चलाइएपछि शेयर बजार १६ अंकले बढेको छ। राष्ट्रिय सभा सदस्यको लागि मनोनयन गर्ने अन्तिम दिन भएकाले अर्थमन्त्रीलाई जोडेर आइतबार हल्ला चलाइएको थियो। 

राष्ट्रिय सभा सदस्य नरहेपछि खतिवडाको मन्त्री पद खुस्किने भन्दै बजारमा हल्ला चलाइएको थियो। यद्यपी खतिवडाको राष्ट्रिय सभा सदस्य पद सकिन अझै समय छ। उनलाई सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गरेकी थिइन्।

खतिवडाले सुरुवाति समयमा शेयर बजारलाई अनुत्पादनक क्षेत्र भन्दै अभिव्यक्ति दिएका थिए। बियरिस ट्रेण्डमा रहेको बजारमा उनको अभिव्यक्तिले लगानीकर्ता चिढिएका थिए। लगानीकर्ताले उनको बहिर्गमनपछि मात्र शेयर बजार बढ्ने विश्लेषण गर्न थालेका छन्। त्यही भएर पनि खतिवडा राष्ट्रिय सभा सदस्य र मन्त्री नहुने हल्ला चलाइँदा बजार उक्लिएको हो। 

यसअघि मन्त्री परिषद् पुनर्गठन हुँदा खतिवडा हट्ने हल्ला चलाइएको थियो। त्यसबेला केही दिनमै ५०र६० अंकले बजार सुधार भएको थियो। उनले निरन्तरता पाएपछि बजार फेरि घटेको थियो। मन्त्री खतिवडालाई देखाएर बजार बढाइए पनि फण्डा अर्कै रहेको विश्लेषकहरुको भनाइ छ। पुस मसान्त नजिकिँदै गर्दा बैंकको ब्याज र सरकारी राजश्व तिर्न पैसाको जोहो गर्नु पर्छ। बजार बढाएको खण्डमा माथिको मूल्यमा शेयर बेचेर राम्रो पैसा जोहो गर्न सकिन्छ। त्यही भएर पनि अनेक हल्ला फैलाएर सुचक प्रभावित पार्ने काम भइरहेको विश्लेषकहरु बताउँछन्।

बजार सुधार हुनुको अर्को कारण बैंकहरुमा विस्तारै तरलताको सहजता पनि हो। एक वर्षको अवधिमा बैंकहरुले एकरदुई प्रतिशत बिन्दुले ब्याजदर घटाइसकेका छन्। त्यही कारण शेयर बजारमा बैंकको व्याजदर महँगो भयो भन्ने अवस्था नरहेको एक ब्रोकरले बताए। उनले भने ‘बैंकहरुले विस्तारै विस्तारै व्याजदर घटाइरहेका छन्। यो व्याज दरमा शेयर किन्दा घाटा हुँदैन।’

नेपाल राष्ट्र बैंकले जारी गरेको पछिल्लो निर्दे्शिकाले बैंकहरुको घर जग्गा र गाडिमा जाने कर्जमा कमि आउने र थप तरलता सिर्जना हुने देखिएको बजार विश्लेषक सुरज अधिकारीले बताए।  हिजोका दिनमा भएको कर्जा संझौतालाई निरन्तरता दिने बाहेक नयाँ कर्जाका लागि माग नहुँदा बैंकहरुमा तरलता बढ्ने र यो पैसा शेयर बजारमा आउने विश्लेषकहरु बताउँछन्। 

केहि समयदेखि बैंकहरु आफै ब्रोकर कार्यालयमा गएर शेयर कर्जाका लागि मार्के्टिङ गरिरहेका छन्। यसले गर्दा पछिल्लो समयमा दैनिक कारोबार नै ५० करोड रुपैयाँ नाघ्ने गरेको छ। ब्रोकरहरुका अनुसार ‘यदि बजार सुधार भयो भने राम्रो पूँजीगत लाभ हुने भन्दै लगानीकर्ताहरु मार्जीन सुविधा लिएरै शेयर खरिद गरिरहेका छन्।‘

साताको पहिलो दिन १६.०९ अंकले सुधार भएर ११८२.३१ अंकमा रोकिएको छ। कारोबार सुरु भएको केहि समय घटेको बजारमा एकाएक सुधार आएको थियो। सुधार हुने क्रममा २० अंकसम्म बजार उक्लिएको थियो। 

दिनभरीमा ७१ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ। पछिल्लो समय बजार सुधार हुने क्रममा कारोबार रकम लगातार बढिरहेको छ। आजको बजार सबैभन्दा बाणिज्य बैंक तथा माइक्रोफाइनान्सले बढाएका छन्। बाणिज्य बैंकको सूचक १.६२ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै हिस्सा भएको बैंक तथा वित्तीय संस्थाको सूचकमा सुधार आउँदा पुरै बजारै हरियो देखिएको हो। 

सबैभन्दा धेरै शिवम सिमेन्टको ५ करोड ६२ लाख रुपैयाँको खरिद बिक्री भएको छ। त्यस्तै एनआईसी एशिया बैंकको चार करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ। ओमी र ग्रामिण विकास लघुवित्तको शेयर अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ। 

आइतबार १२२ वटा कम्पनीको शेयर मूल्यमा सुधार भए पनि २१ वटाको मूल्य भने घटेको छ। १७३ वटाको कारोबार हुँदा १७ वटाको मूल्यमा परिवर्तन देखिएन।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।