logo

शेयर बजार पुरानै लयमा फर्कियो

    1477   पटक पढिएको

८ मंसिर / अर्थ र व्यापार -  सात र आठ महिना अगाडि शेयर बजार वियरिस ट्रेण्डमा अघि बढेको भन्नेहरुको अनुमान गलत सावित भएको छ। फागुन १९ गते शेयर बजार तीन वर्ष यताकै न्युनतम विन्दु ११००.५८ झरेको थियो। फागुन देखि बैशाखको अवधिमा १३२१ अंकसम्म पुग्यो।

जतिबेला शेयर बजारका लगानीकर्ता तथा विश्लेषकहरुले शेयर बजार बुलिस ट्रेण्डमा अगाडि बढेको भन्दै विश्लेषण गरेका थिए। शेयर बजारमा चक्रिय प्रभाव पर्ने हुँदा अबको चक्र बुलिस रहेको भन्दै लगानीकर्ताले ऋण गरी गरी शेयर खरिद गरेका थिए। जेठ एक गतेसम्म लगातार बजार उकालो लागेको थियो। त्यतिबेला शेयर बजारमा एक अर्ब रुपैयाँ भन्दामाथिको कारोबार भयो। कम्पनीको मूल्यभन्दा लाभांशले जित्ने अवस्था आएको भन्दै लगानीकर्ताहरुले शेयर थपेका थिए ।

कतिपय विश्लेषकहरुले अबका दिनमा बजार थोरैले घट्ने र धेरैले बढ्ने विश्लेषण गरेका थिए। तर बजार भने सुधार हुन सकेन। उल्टो फागुनकै सूचकमा फर्किएको छ । आइतबार शेयर बजार दोहोरो अंकले घटेर १११०.०८ अंकमा रोकियो। अब शेयर बजार तीन वर्ष पछाडि फर्कन मात्र १० अंक बाँकी छ ।

लगानीकर्ताले शेयर बजार सुधार हुने अपेक्षमा लगानी बढाए पनि बजार भने पुरानै अवस्थामा फर्किएको छ । यस अवधिमा सबैभन्दा धेरै पेनिक जलविद्युत क्षेत्रका शेयरधनी छन्। त्यस्तै राम्रो लाभांश दिएर दोस्रो बजारमा राम्रो मूल्य पाउने अपेक्ष गरेका कम्पनीको शेयर मूल्य झन ओरालो झरेको छ ।

दोस्रो बजारमा हाल लाभांश घोषणा गरेका कम्पनी मात्रै आधा जति छन् जसको शेयर खरिद गर्दा  लाभांश पाउन सकिन्छ। तर दोस्रो बजार लगातार ओरालो झर्दा चाहेर पनि लगानीकर्ताहरुले शेयर उठाउन सकिरहेका छैनन्।

गएको साता मन्त्रीपरिषदमा मन्त्रीहरुको फेरबदलले केहि अंक सुधार हुन खोजे पनि बढ्न सकेन। अर्थमन्त्रीबाट त्रसित शेयर बजार उनको राजीनामा आउने समाचारले उकालो लाग्ने र उनले निरन्तरता पाउने समाचारले ओरालो झर्नेसम्मको अवस्था थियो।

बजार सुधारका धेरै काम भैसकेका छन्। तर बैंकिङ तरलता सहज हुन सक्ने वातावरण बनेको छैन। अर्थमन्त्रीले आर्थिक सूचक सुधार गर्ने काम गरिरहेका छन्। साथै आर्थिक सुशासनका कामलाई पनि सँग सँगै अगाडि बढाइरहेका अर्थमन्त्री प्रति भने लगानीकर्ता त्रसित छन्।

आइतबार नेप्से सूचक दोहोरो अंकले ओरालो झर्दा पनि कारोबार रकम भने २८ करोड ५ लाख नाघेको छ । सम्पुर्ण सूचक उपसूचक ओरालो झरेका छन्। बम्पर बोनस घोषणा गरेका एनएमबी बैंक र नेपाल बैंकको शेयर मूल्य घटेर अधिकतम कारोबार भएको छ । दुबैको शेयर मूल्य चार रुपैयाँले घटेको छ ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।