logo

शेयर बजार पुरानै लयमा फर्कियो

    1819   पटक पढिएको

८ मंसिर / अर्थ र व्यापार -  सात र आठ महिना अगाडि शेयर बजार वियरिस ट्रेण्डमा अघि बढेको भन्नेहरुको अनुमान गलत सावित भएको छ। फागुन १९ गते शेयर बजार तीन वर्ष यताकै न्युनतम विन्दु ११००.५८ झरेको थियो। फागुन देखि बैशाखको अवधिमा १३२१ अंकसम्म पुग्यो।

जतिबेला शेयर बजारका लगानीकर्ता तथा विश्लेषकहरुले शेयर बजार बुलिस ट्रेण्डमा अगाडि बढेको भन्दै विश्लेषण गरेका थिए। शेयर बजारमा चक्रिय प्रभाव पर्ने हुँदा अबको चक्र बुलिस रहेको भन्दै लगानीकर्ताले ऋण गरी गरी शेयर खरिद गरेका थिए। जेठ एक गतेसम्म लगातार बजार उकालो लागेको थियो। त्यतिबेला शेयर बजारमा एक अर्ब रुपैयाँ भन्दामाथिको कारोबार भयो। कम्पनीको मूल्यभन्दा लाभांशले जित्ने अवस्था आएको भन्दै लगानीकर्ताहरुले शेयर थपेका थिए ।

कतिपय विश्लेषकहरुले अबका दिनमा बजार थोरैले घट्ने र धेरैले बढ्ने विश्लेषण गरेका थिए। तर बजार भने सुधार हुन सकेन। उल्टो फागुनकै सूचकमा फर्किएको छ । आइतबार शेयर बजार दोहोरो अंकले घटेर १११०.०८ अंकमा रोकियो। अब शेयर बजार तीन वर्ष पछाडि फर्कन मात्र १० अंक बाँकी छ ।

लगानीकर्ताले शेयर बजार सुधार हुने अपेक्षमा लगानी बढाए पनि बजार भने पुरानै अवस्थामा फर्किएको छ । यस अवधिमा सबैभन्दा धेरै पेनिक जलविद्युत क्षेत्रका शेयरधनी छन्। त्यस्तै राम्रो लाभांश दिएर दोस्रो बजारमा राम्रो मूल्य पाउने अपेक्ष गरेका कम्पनीको शेयर मूल्य झन ओरालो झरेको छ ।

दोस्रो बजारमा हाल लाभांश घोषणा गरेका कम्पनी मात्रै आधा जति छन् जसको शेयर खरिद गर्दा  लाभांश पाउन सकिन्छ। तर दोस्रो बजार लगातार ओरालो झर्दा चाहेर पनि लगानीकर्ताहरुले शेयर उठाउन सकिरहेका छैनन्।

गएको साता मन्त्रीपरिषदमा मन्त्रीहरुको फेरबदलले केहि अंक सुधार हुन खोजे पनि बढ्न सकेन। अर्थमन्त्रीबाट त्रसित शेयर बजार उनको राजीनामा आउने समाचारले उकालो लाग्ने र उनले निरन्तरता पाउने समाचारले ओरालो झर्नेसम्मको अवस्था थियो।

बजार सुधारका धेरै काम भैसकेका छन्। तर बैंकिङ तरलता सहज हुन सक्ने वातावरण बनेको छैन। अर्थमन्त्रीले आर्थिक सूचक सुधार गर्ने काम गरिरहेका छन्। साथै आर्थिक सुशासनका कामलाई पनि सँग सँगै अगाडि बढाइरहेका अर्थमन्त्री प्रति भने लगानीकर्ता त्रसित छन्।

आइतबार नेप्से सूचक दोहोरो अंकले ओरालो झर्दा पनि कारोबार रकम भने २८ करोड ५ लाख नाघेको छ । सम्पुर्ण सूचक उपसूचक ओरालो झरेका छन्। बम्पर बोनस घोषणा गरेका एनएमबी बैंक र नेपाल बैंकको शेयर मूल्य घटेर अधिकतम कारोबार भएको छ । दुबैको शेयर मूल्य चार रुपैयाँले घटेको छ ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।