logo

सेयर बजारमा १.३९ अंकले घट्यो, १७२ कम्पनीको कारोबार हुँदा हिमालयन डिस्टिलरी सबैभन्दा अघि

    2058   पटक पढिएको

१ फागुन / अर्थ र व्यापार - कारोबारको पाँचौ दिन सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज १.३९ अंकले घटेको छ। बिहीबार सेयर बजार घटेर १३४४.५९ विन्दुमा आइपुगेको हो।

करिब १ सय ७२ कम्पनीका ३७ लाख २० हजार ९२ कित्ता सेयर १७ हजार ६ सय ९८ पटक कारोबार भएका छन्। जसबाट १ अर्ब ७७ करोड ३८ लाख ५ हजार ७ सय ४६ रूपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेमा आधाभन्दा बढी समूह हरियो देखिएका छन् भने बाँकी रातो देखिएका हुन्। जीवन बीमा सबैभन्दा बढी १०२ अंकले बढेको छ। र्निजीवन बीमा ५५, उत्पादनमूलक ३८, लघुवित्त २९ र व्यापार २३ अंकले बढेका छन्। वित्त र अन्य भने सामान्य अंकको सुधार देखिएको छ।

होटल ३१, विकास बैंक र बैकिङ ८र८ अंकले घटेका हुन्। जलविद्युत भने ३ अंकले ओरालो लागेको छ। करिब १२ करोड ४६ हजार ६ सय ४१ रूपैयाँसहित कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी अग्रस्थानमा रहेको छ।

शिवम् सिमेन्ट, एशियन लाइफ इन्स्योरेन्स, सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट, एनआइसी एशिया बैंक, नेपाल इन्स्योफरेन्स, नेको इन्स्योरेन्स, स्वरोजगार लघुवित्त विकास बैंक, गुराँस लाइफ इन्स्योरेन्स र छिमेक लघुवित्त विकास बैंकले क्रमशः पछ्याएका छन् । हिमालयन डिस्टिलरीले सबैभन्दा धेरै कमाएको छ भने नेपाल हाइड्रो डेभलपर्सले सबैभन्दा धेरै गुमाएको छ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।