logo

सेयर बजारमा १.३९ अंकले घट्यो, १७२ कम्पनीको कारोबार हुँदा हिमालयन डिस्टिलरी सबैभन्दा अघि

    2327   पटक पढिएको

१ फागुन / अर्थ र व्यापार - कारोबारको पाँचौ दिन सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज १.३९ अंकले घटेको छ। बिहीबार सेयर बजार घटेर १३४४.५९ विन्दुमा आइपुगेको हो।

करिब १ सय ७२ कम्पनीका ३७ लाख २० हजार ९२ कित्ता सेयर १७ हजार ६ सय ९८ पटक कारोबार भएका छन्। जसबाट १ अर्ब ७७ करोड ३८ लाख ५ हजार ७ सय ४६ रूपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेमा आधाभन्दा बढी समूह हरियो देखिएका छन् भने बाँकी रातो देखिएका हुन्। जीवन बीमा सबैभन्दा बढी १०२ अंकले बढेको छ। र्निजीवन बीमा ५५, उत्पादनमूलक ३८, लघुवित्त २९ र व्यापार २३ अंकले बढेका छन्। वित्त र अन्य भने सामान्य अंकको सुधार देखिएको छ।

होटल ३१, विकास बैंक र बैकिङ ८र८ अंकले घटेका हुन्। जलविद्युत भने ३ अंकले ओरालो लागेको छ। करिब १२ करोड ४६ हजार ६ सय ४१ रूपैयाँसहित कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी अग्रस्थानमा रहेको छ।

शिवम् सिमेन्ट, एशियन लाइफ इन्स्योरेन्स, सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट, एनआइसी एशिया बैंक, नेपाल इन्स्योफरेन्स, नेको इन्स्योरेन्स, स्वरोजगार लघुवित्त विकास बैंक, गुराँस लाइफ इन्स्योरेन्स र छिमेक लघुवित्त विकास बैंकले क्रमशः पछ्याएका छन् । हिमालयन डिस्टिलरीले सबैभन्दा धेरै कमाएको छ भने नेपाल हाइड्रो डेभलपर्सले सबैभन्दा धेरै गुमाएको छ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।