logo

शेयर बजार सुधार एक दिन पनि टिकेन्, विहिबार साढे चार अंकले घट्यो

    1173   पटक पढिएको

१२ मंसिर / अर्थ र व्यापार - साताको अन्तिम दिन बिहीबार शेयर बजार घटेको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक ४.६७ अंकले घटेर १११२.७९ अंकमा ओर्लिएको छ।

बुधवार शेयर मापक सूचक ८.३० अंकले बढेको थियो। लगातार आठ कारोबार दिनपछि सूचक बढ्दा लगानीकर्ताले राहत महसुस गरेका थिए। कारोबार दिनमा सूचक २६.७८ अङ्कले घटेको थियो। तर विहिबार बजार पुनस् पूरानै लयमा फर्कियो।

विहिबार कारोबारको सुरुवातमा बजार बढ्दो क्रममा देखिएको भएपनी त्यसले निरन्तरता पाउन नसक्दा बजार घटेको हो। सुरुवाती आधा घण्टा बढेको बजारले त्यसपछि घट्दो लय समातेको थियो। साढे दुई बजे सम्म करिब दुई अंक मात्रै घटेको बजार अन्तिम आधा घण्टामा थप दुई अंक घटेर बन्द भएको हो।

विहिबार दिन कारोबार रकम भने थोरै बढेको छ । १६६ कम्पनीका १२ लाख ७१ हजार कित्ता शेयर २४ करोड ३३ लाख रुपैयाँमा कारोबार भएको छ। बुधवारको तुलनामा करिब तीन करोड रुपैयाँ बढी हो। बुधवार २१ करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।

कारोबार हुने कम्पनीको सूचिमा हिमालयन डिस्टिलरी सबैभन्दा अगाडि छ। यो कम्पनीको मात्रै तीन करोड ३५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। कारोबार रकमकै आधारमा एनएमबि बैक दोस्रो भएको छ। बैंकको एक करोड ५९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

उपसूचक मिश्रित देखिएका छन्। १२ समूहको कारोबारमा जीवन बिमा समूह बाहेक सबै समूहका उपसूचक घटेका छन्। जीवन बिमा समूहको उपसूचक ०.३७ प्रतिशतले बढेको छ। बाँकी सबै उपसूचक घटेका हुन्।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।