logo

एक दुई रुपैयाँमै चर्को बार्गे्निङले शेयर कारोबार २३ करोडमा सिमित

    1600   पटक पढिएको

 २८ कात्तिक / अर्थ र व्यापार - बिहीबार दिन भरिनै सुस्त रहेको शेयर बजार कारोबारको अन्त्यमा भने झिनो अङ्कले बढेर बन्द भएको छ। दिन भरिनै शेयरको मूल्यमा लगानीकर्ताले चर्को बार्गे्निङ गरेका कारण बजार थोरै सकारात्मक देखियो।

लगानीकर्ता आफ्नो मूल्यमा अडिग रहन नसकेपछि सूचक झिनो अङ्कले बढेको हो। बिहीबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक ०.७९ अङ्कले बढेर ११३५.९५ अंकमा उक्लिएको छ।

सेन्सेटिभ सूचक भने नकारात्मक देखिएको छ । ०.११ अङ्कले घटेर २५०.०६ अंकमा झरेको छ । बजार सुस्त भएपछि कारोबार रकम खुम्चिएर करिब २३ करोडमा समेटिएको छ । दिन भरिनै आफूले दाखिला गरेको मूल्यमा अडिग रहेका लगानीकर्ताले कारोबारको अन्त्यमा भने मागेकै मूल्यमा शेयर दिनथालेपछि कारोबार रकम बढेको हो।

पछिल्लो समय शेयर बजारमा चर्को बार्गे्निङ हुन थालेको छ । लगानीकर्ताले एकरदुई रुपैयाँमै चर्को बार्गे्निङ्क गर्न थालेपछि शेयर कारोबार नै सुस्त देखिएको एक ब्रोकर कम्पनीका सञ्चालकले बताए।’शेयरको मूल्य निकै तल आएको छ। कारोबारीले एकरदुई रुपैयाँमै शेयर किन बेच गर्न नमानेपछि शेयर कारोबार नै सुस्त देखिन थालेको हो’ती सञ्चालकले भने ।

बजार सुस्ताएकै कारण कारोबार रकम समेत घटेको उनको जिकिर छ। बिहीबार १६३ कम्पनीका आठ लाख ३३ हजार कित्ता शेयर २२ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। गएका केही दिन ३० करोड रुपैयाँ भन्दा बढिको शेयर कारोबार हुन थालेको थियो।

कारोबार रकमको आधारमा एनएमबि बैक, नेपाल बैक र हिमालयन डिस्टिलरीले अग्रता लिएका छन्। जसमा एनएमबि बैंकको चार करोड २९ लाख रुपैयाँ, नेपाल बैंकको एक करोड ३३ लाख र हिमालयन डिस्टिलरीको एक करोड ३१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो।

दिनभरिमा १२ समूहको शेयर कारोबार भयो। उप सूचक मिश्रित देखिएका छन्। कारोबारमा आएका आठ समूहको शेयर सूचक बढेको छ भने चार समूहको उप सूचक घटेको छ । सबैभन्दा बढी ट्रेडिङ् समूहको उप सूचक ६.५४ प्रतिशतले बढेको छ। लघुबित्तको उप सूचक ०.४५ प्रतिशतले घटेको छ ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।