logo

साना कम्पनीको शेयरमा लगानीकर्ता झुम्मिएपछि सेन्सेटिभ सूचक घट्यो, कारोबार आधा अर्ब माथि

    1472   पटक पढिएको

१४ पुष / अर्थ र व्यापार - शेयर बजारका लगानीकर्ताको रोजाइमा साना कम्पनीको शेयर पर्न थालेपछि समग्र सूचक नै प्रभावित हुन थालेको छ । सूचीकृत ठूला कम्पनीको शेयर मूल्य घटेपछि समग्र कारोबार मापक सूचक नेप्से सोमबार ओरालो लागेर बन्द भएको छ ।

कारोबारको पहिलो दुई घण्टा सामान्य देखिएको बजारले तेस्रो घण्टा बाट उकालो लाग्ने प्रयास गरेको थियो । तर कारोबारको अन्तिम पौने एक घण्टामा बढ्दो क्रम टिकाउ हुन नसक्दा समग्र सूचक नै घटेर बन्द भएको हो ।

नेप्से सूचक ५.५३ अङ्कले बढेर ११६७.९५ अंकमा उक्लिएको छ । तर सेन्सेटिभ सूचक भने ०.०६ अङ्कले घटेर २५३.३३ अंकमा झरेको छ । सोमबार राम्रा कम्पनीहरूको शेयर मूल्य घटेपछि उनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स नै घटेको छ । जबकि समग्र कारोबार मापक सूचक भने बढेको छ । यति बेला लगानीकर्ताका रोजाई मा साना कम्पनीको शेयर पर्न थालेपछि तिनीहरूको शेयर मापन गर्ने सूचकमा प्रभाव परेको हो ।

कारोबार मापक सूचक घटेको भएपनी कारोबार रकम भने आधा अर्व माथि उक्लिएको छ । १७६ कम्पनीको कारोबार हुँदा  कारोबार रकम ६३ करोडको हाराहारमा पुगेको छ । राम्रा कम्पनीको शेयर मूल्य घटेपछि लगानीकर्ताले ती कम्पनीको शेयर खरिद बिक्री चाप बढाएका छन् ।
लगानीकर्ताले राम्रा कम्पनीको शेयर मूल्य घटेको मौका छोप्दा समग्र कारोबार रकम नै उकालो लागेको हो । सोमबार कारोबारमा आएका ७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ६२ कम्पनीका शेयर मूल्य ओरालो लागेका छन् । २३ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन ।

सबैभन्दा बढी कारोबार हुने कम्पनीको सूचीमा नेपाल लाइफ ईन्स्योरेन्स कम्पनी परेको छ । उसको मात्रै १० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । शिवम् सिमेन्टको दोस्रो बढी कारोबार भएको छ । उसको पाँच करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । सिद्धार्थ बैंकको डिबेन्चर तेस्रो बढी कारोबार हुने कम्पनीको सूचीमा छ । उसको चार करोड ८७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

उप सूचक मिश्रित देखिएका छन् । १२ समूहको कारोबारमा चार समूहका उप सूचक घटेका छन् भने आठ समूहको उप सूचक बढेका छन् । सबैभन्दा बढी जीवन बिमा समूहको समूहको उप सूचक ४.४७ प्रतिशतले बढेको छ । जलविद्युतको उप सूचक ०.५५ प्रतिशतले घटेको छ ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।