logo

साना कम्पनीको शेयरमा लगानीकर्ता झुम्मिएपछि सेन्सेटिभ सूचक घट्यो, कारोबार आधा अर्ब माथि

    1212   पटक पढिएको

१४ पुष / अर्थ र व्यापार - शेयर बजारका लगानीकर्ताको रोजाइमा साना कम्पनीको शेयर पर्न थालेपछि समग्र सूचक नै प्रभावित हुन थालेको छ । सूचीकृत ठूला कम्पनीको शेयर मूल्य घटेपछि समग्र कारोबार मापक सूचक नेप्से सोमबार ओरालो लागेर बन्द भएको छ ।

कारोबारको पहिलो दुई घण्टा सामान्य देखिएको बजारले तेस्रो घण्टा बाट उकालो लाग्ने प्रयास गरेको थियो । तर कारोबारको अन्तिम पौने एक घण्टामा बढ्दो क्रम टिकाउ हुन नसक्दा समग्र सूचक नै घटेर बन्द भएको हो ।

नेप्से सूचक ५.५३ अङ्कले बढेर ११६७.९५ अंकमा उक्लिएको छ । तर सेन्सेटिभ सूचक भने ०.०६ अङ्कले घटेर २५३.३३ अंकमा झरेको छ । सोमबार राम्रा कम्पनीहरूको शेयर मूल्य घटेपछि उनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स नै घटेको छ । जबकि समग्र कारोबार मापक सूचक भने बढेको छ । यति बेला लगानीकर्ताका रोजाई मा साना कम्पनीको शेयर पर्न थालेपछि तिनीहरूको शेयर मापन गर्ने सूचकमा प्रभाव परेको हो ।

कारोबार मापक सूचक घटेको भएपनी कारोबार रकम भने आधा अर्व माथि उक्लिएको छ । १७६ कम्पनीको कारोबार हुँदा  कारोबार रकम ६३ करोडको हाराहारमा पुगेको छ । राम्रा कम्पनीको शेयर मूल्य घटेपछि लगानीकर्ताले ती कम्पनीको शेयर खरिद बिक्री चाप बढाएका छन् ।
लगानीकर्ताले राम्रा कम्पनीको शेयर मूल्य घटेको मौका छोप्दा समग्र कारोबार रकम नै उकालो लागेको हो । सोमबार कारोबारमा आएका ७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ६२ कम्पनीका शेयर मूल्य ओरालो लागेका छन् । २३ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन ।

सबैभन्दा बढी कारोबार हुने कम्पनीको सूचीमा नेपाल लाइफ ईन्स्योरेन्स कम्पनी परेको छ । उसको मात्रै १० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । शिवम् सिमेन्टको दोस्रो बढी कारोबार भएको छ । उसको पाँच करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । सिद्धार्थ बैंकको डिबेन्चर तेस्रो बढी कारोबार हुने कम्पनीको सूचीमा छ । उसको चार करोड ८७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

उप सूचक मिश्रित देखिएका छन् । १२ समूहको कारोबारमा चार समूहका उप सूचक घटेका छन् भने आठ समूहको उप सूचक बढेका छन् । सबैभन्दा बढी जीवन बिमा समूहको समूहको उप सूचक ४.४७ प्रतिशतले बढेको छ । जलविद्युतको उप सूचक ०.५५ प्रतिशतले घटेको छ ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।