logo

दोस्रो बजारमा लगातार दोहोरो अंकको सुधार, यस्तो छ बजार हल्ला

    1294   पटक पढिएको

२६ मंसिर / अर्थ र व्यापार - कम्पनीहरुले लाभांस दिँदा नसुध्रिएको शेयर बजार पछिल्लो समय अस्वभाविक रुपमा बढ्न थालेको छ। हरेक दिन दोहोरो अंकले सुधार हुने क्रममा शेयर बजार ६० अंक भन्दा माथिको सुधार भैसकेको छ।

बजारमा देखिने ठोस किसिमका सुधारका काम  भने भएका छैनन्। हरेक वर्ष साउन - भदौंमा सुधार हुने बजार यस वर्ष उल्टो गिरावट आयो। तर गएको वर्ष र यस वर्ष भने यहि अवधिमा शेयर बजारमा सुधार देखिएको छ। दुई वर्षको तथ्याङ्कले विगतका वर्षमा भन्दा शेयर बजारको ट्रेण्ड केहि परिवर्तन भएको संकेत गर्छ।

विगत दुई साताको अवधिमा बजारमा हल्लाले पनि काम गरेको छ। गत साता वामदेव गौतमले राससमा अन्तर्वार्ता दिँदै राजनीतिक क्षेत्रमा केही परिवर्तन हुने संकेत गरे जसले बजारमा टेवा पुग्यो। शेयर बजारका लगानीकर्ताले नरुचाइएका अर्थमन्त्री डा. युवराज खतिवडा हट्ने सानो समाचारले पनि शेयर बजारलाई प्रभावित पार्ने गरेको छ। फागुनदेखि राष्ट्रिय सभामा खतिवडाको पदावधि सकिने र नदोहोरिने भन्ने हल्लाले बजार उकालो लागिरहेको छ।

विगत दुई महिनादेखि धितोपत्र बोर्डको अध्यक्ष पद खाली छ। सरकारले अध्यक्षमा चाँडै नै नियुक्ति गर्ने भएकाले बजारलाई केहि टेवा पुर्याएको विश्लेषकहरु बताउँछन्। बजार धेरै नै तल्लो विन्दुमा झर्दा सस्तोमा शेयर खरिद गर्ने लगानीकर्ता हाबी हुँदा पनि बजार बढेको हो।

बजारमा सुधारका संकेतसँगै बैंक तथा बीमा कम्पनी र म्युचुअल फण्डले पनि विस्तारै शेयर उठाइरहेको ब्रोकरहरु बताउँछन्। अस्वभाविक रुपमा सुधार भएको बजारमा पछिल्लो दुई दिन सर्वसाधारण लगानीकर्ताहरुले पनि शेयर खरिद गरिरहेका छन्। बजारमा १०० कित्ता भन्दा तलको कारोबारको हिस्सा ५० प्रतिशत भन्दा माथि हुनुले ठूला लगानीकर्ता भन्दा साना हाबी भएको देखिन्छ।

पछिल्लो दुई सातामा सबैभन्दा धेरै बीमा कम्पनी र माइक्रोफाइनान्सको शेयर मूल्य बढेको छ। शेयर बजार सबैभन्दा तल्लो बिन्दुमा झर्ने क्रममा यस्ता कम्पनीको मूल्य पनि धेरै तल छ। बजार बढ्दा यस्ता कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै बढ्ने आकंलन गर्दै लगानीकर्ताको आकर्षण देखिएको हो।

बजार सुधार हुँदा आगामी दिनमा यो मूल्यमा नपाउने भन्दै लगानीकर्ताले बीमाको शेयर सबैभन्दा धेरै खरिद गरेका छन्। पैसा थोरै हुनेले १०० कित्ता भन्दा माथि र धेरै हुनेले सकेको शेयर खरिद गरिरहेका छन्। बीमा प्राधिकरण ऐन संसदमा गएर अड्किएको छ। पास भएर आउँदा केही परिवर्तन हुने भन्ने हल्ला पनि बजारमा छ। तर बीमा कम्पनी किन बढ्यो भन्ने यकिन रुपमा कसैले भन्न सकेका छैनन्।

बैंकहरुले पछिल्लो समय ठूलो कर्जा प्रवाह गर्न सकिरहेका छैनन्। यसले गर्दा खुद्रा कर्जा प्रवाहमा ध्यान दिन थालेका छन्। यसले भोलिका दिनमा बैंकिङ क्षेत्रमा अझ तरलता बढ्ने जाने विश्लेषण गरिएको छ। अन्य क्षेत्रमा लगानी गर्न नपाएर पैसा थन्किने अवस्था आएमा उक्त पैसा शेयर बजारमा आउन सक्ने आकंलनले पनि बजार सुधारमा सहयोग पुगेको छ।

बिहीबार शेयर बजार ११.१७ प्रतिशतले सुधार भएर ११७२.६४ अंकमा रोकिएको छ। सूचकमा सुधारसँगै कारोबार रकम ७६ करोड ४० लाख रुपैयाँ पुगेको छ। जवकी एक साता अगाडि दोस्रो बजारमा मुस्किलले ३० करोड भन्दा तल कारोबार हुन्थ्यो। मंगलबार ४८ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार बढेर ५५ करोड रुपैयाँको भएको थियो।

बिहीबार सबैभन्दा सस्तो शेयर उठाउने क्रममा जलविद्युत कम्पनीको शेयर तीन प्रतिशत भन्दा माथिले बढेको छ। जीवन बीमा कम्पनीको सूचक ५ प्रतिशत र निर्जीवन बीमा कम्पनीको सूचक ७ प्रतिशत भन्दा माथिले बढेको छ।

बजार सुस्त हुँदा बाणिज्य बैंकहरुको सबैभन्दा धेरै कारोबार हुँदै आएकोमा पछिल्लो दिनमा माइक्रोफाइनान्स र बीमा कम्पनीको भएको देखिन्छ। बजार सुधार हुँदा धेरै कमाउने मानसिकताले लगानीकर्ताहरुको ध्यान बीमा कम्पनी र माइक्रोफाइनान्समा जाने गरेको छ। लगानीकर्ताहरुलाई धेरै कमाउने साथै त्यही अनुसार गुमाउने संभावना पनि उत्तिकै रहन्छ।

अधिकतम बढ्ने क्रममा ११ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ। सर्किट लाग्नेमा बीमा कम्पनी र माइक्रोफाइनान्स बढि छन्।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।