logo

तरलता अभावको प्रभाव सेयर बजारको कारोबार रकममा देखिन थाल्यो

    1393   पटक पढिएको

२३ माघ÷अर्थ र व्यापार - तरलता अभावको प्रभाव सेयर बजारमा देखिन थालेको छ। बिस्तारै कारोबार रकममा गिरावट आउन थालेको छ। बिहीबार अर्बमाथिका सेयर किनबेच भएपनि विगतको तुलनामा कारोबार रकम निरन्तर घटिरहेको छ।

बजार ८.६७ अंकले घटेको छ भने कारोबार रकम एक अर्ब ३ करोड रुपैयाँमा खुम्चिएको छ। १७५ वटा कम्पनीको सेयर किनबेच भएकोमा ३० वटाको मात्र मूल्य बढेको छ। १२३ वटा कम्पनीको मूल्य घटेको छ।

राष्ट्र बैंकका अनुसार अहिले बजारमा ३० अर्ब हाराहारी तरलता छ। यसमध्ये १० अर्ब राष्ट्र बैंकले उपलब्ध गराएको पैसा हो। यो झिक्ने हो भने बजारमा २० अर्ब मात्र तरलता छ। तरलता कम हुँदै गएपछि बजारमा कारोबार रकम घट्दै गएको हो।

उत्पादन तथा प्रशोधन र जीवन बीमा कम्पनीबाहेक सबै उपसूचक ओरालो लागेका छन्। बैंकिङ समूह साढे ८ अंकले घटेको छ। 

साताको अन्तिम कारोबार दिन प्रभु बैंक, गुँरास लाइफ इन्स्योरेन्स, ग्लोबल आइएमइ बैंकमा लगानीकर्ता सक्रिय देखिएका थिए। बजारमा सेयरको माग भने सिभिल बैंक, नेपाल बैंक, प्रभु बैंक, ग्लोबल आइएमइ बैंक र एनसिसी बैंकको धेरै थियो।

सिभिलको माग एक लाख ५ हजार ३६३ कित्ता हुँदा आपूर्ति भने ८९ हजार ८४७ कित्ता मात्र थियो। यसपछि बढि आपूर्ति सेञ्चुरी बैंकको ५० हजार ७८० कित्ता भएको थियो। मागभन्दा आपूर्ति कम हुँदासमेत सिभिल बैंकको सेयर मूल्य ३.७२ प्रतिशतले घटेको छ।

ग्रिन डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स र सपोर्ट माइक्रोफाइनान्सको सेयर १० प्रतिशतका दरले बढेको छ। नेपाल फाइनान्सको सेयर साढे ९ प्रतिशतले घटेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।