logo

आइतबार सेयरबजार शुन्य दशमलव ९० अंकले बढ्यो

    1390   पटक पढिएको

१ साउन / अर्थ र व्यापार – चालु आर्थिक वर्षको पहिलो दिनको सेयरबजार सामान्य बढेको छ । नेप्से परिसूचक करिब एक अंकले उकालो लागेपनि कारोबार रकममा भने गिरावट आएको छ । यसदिन सूर्यालाइफ इन्स्योरेन्सको संस्थापक सेयर मात्रै २४ करोड बढीको किनबेच भएको छ ।

आइतबार नेप्से शुन्य दशमलव ९० अंकले बढेर १५८३.५७ विन्दुमा पुगेकोे छ । कारोबारमा आएका वाणिज्य बैंक, वित्त र बीमा बाहेक अन्य सबै समूहका सूचक घटेपनि समग्र बजार करिब एक अंकले बढेको हो ।

यसदिन वाणिज्य बैंक समूह २.४१, वित्त १०.९३ र बीमा समूह १.४८ अंकले सकारात्मक रहेका छन् । विकास बैंक ०.४४, जलविद्युत ८.९१, होटल ५.८२, उत्पादन समूह ०.२१ र अन्य समूह भने ५.५ अंकले ओरालो लागेको छ । 

१४९ कम्पनीको कारोबार भएको बजारमा १२ लाख ९४ हजार कित्ता सेयर ६८ करोड १२ लाख रुपैयाँ बराबरमा किनबेच भए । गत बिहीबारको तुलनामा कारोबार रकम ६ करोड रुपैयाँले कम हो ।

चालु आर्थिक वर्षको पहिलो दिनको सेयरबजारमा कुवेर मर्चेन्ट फाइनान्सको सेयरमूल्य सबैभन्दा धेरै ९.४९ प्रतिशतले बढेको छ । त्यस्तै अरुण फाइनान्स, प्राइम लाइफ, पोखरा फाइनान्स, गुडविल फाइनान्स लगायतको सेयरमूल्य बढेको छ ।

यसदिन रिडी हाइड्रो, दिव्यश्वरी हाइड्रो,हाम्रो विकास नयाँ नेपाल लघुवित्त तथा स्वोरोजगार लघुवित्त लगायतथको सेयरमूल्य ओरालो लागेको छ ।

आइतबारको सूर्यालाइफ इन्स्योरेन्सको २४ करोड बढीको संस्थापक सेयरको किनबेच भएको छ । फरवार्ड माइक्रोफाइनान्सको ५ करोड ३५ लाख तथा प्राइम लाइफको चार करोड ६५ लाख बराबरको सेयर किनबेच भयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।