logo

आइतबार सेयरबजार शुन्य दशमलव ९० अंकले बढ्यो

    1665   पटक पढिएको

१ साउन / अर्थ र व्यापार – चालु आर्थिक वर्षको पहिलो दिनको सेयरबजार सामान्य बढेको छ । नेप्से परिसूचक करिब एक अंकले उकालो लागेपनि कारोबार रकममा भने गिरावट आएको छ । यसदिन सूर्यालाइफ इन्स्योरेन्सको संस्थापक सेयर मात्रै २४ करोड बढीको किनबेच भएको छ ।

आइतबार नेप्से शुन्य दशमलव ९० अंकले बढेर १५८३.५७ विन्दुमा पुगेकोे छ । कारोबारमा आएका वाणिज्य बैंक, वित्त र बीमा बाहेक अन्य सबै समूहका सूचक घटेपनि समग्र बजार करिब एक अंकले बढेको हो ।

यसदिन वाणिज्य बैंक समूह २.४१, वित्त १०.९३ र बीमा समूह १.४८ अंकले सकारात्मक रहेका छन् । विकास बैंक ०.४४, जलविद्युत ८.९१, होटल ५.८२, उत्पादन समूह ०.२१ र अन्य समूह भने ५.५ अंकले ओरालो लागेको छ । 

१४९ कम्पनीको कारोबार भएको बजारमा १२ लाख ९४ हजार कित्ता सेयर ६८ करोड १२ लाख रुपैयाँ बराबरमा किनबेच भए । गत बिहीबारको तुलनामा कारोबार रकम ६ करोड रुपैयाँले कम हो ।

चालु आर्थिक वर्षको पहिलो दिनको सेयरबजारमा कुवेर मर्चेन्ट फाइनान्सको सेयरमूल्य सबैभन्दा धेरै ९.४९ प्रतिशतले बढेको छ । त्यस्तै अरुण फाइनान्स, प्राइम लाइफ, पोखरा फाइनान्स, गुडविल फाइनान्स लगायतको सेयरमूल्य बढेको छ ।

यसदिन रिडी हाइड्रो, दिव्यश्वरी हाइड्रो,हाम्रो विकास नयाँ नेपाल लघुवित्त तथा स्वोरोजगार लघुवित्त लगायतथको सेयरमूल्य ओरालो लागेको छ ।

आइतबारको सूर्यालाइफ इन्स्योरेन्सको २४ करोड बढीको संस्थापक सेयरको किनबेच भएको छ । फरवार्ड माइक्रोफाइनान्सको ५ करोड ३५ लाख तथा प्राइम लाइफको चार करोड ६५ लाख बराबरको सेयर किनबेच भयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।