logo

आइतबार सेयर बजार ४ दशमलब ५१ अंकले बढ्यो

    1250   पटक पढिएको

११ भदौ / अर्थ र व्यापार – आइतबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा ८१ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । बजारमा १६५ कम्पनीको २७ लाख २६ हजार कित्ता सेयर किनबेच भएको छ । सो दिन नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएकोे छ । नेप्से पनि ४ दशमलब ५१ अंकले उकालो लागेर १६२२ अंकमा पुगेको छ ।

सो दिन सबैभन्दा बढी नबिल बैंकको सेयर कारोबार भएको छ । एकै दिन बैंकको ५ करोड ५२ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको हो । बैंकले आफ्ना लगानीकर्तालाई ३० प्रतिशत बोनस र १८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेपछि बैंकको सेयर कारोबार बढी भएको हो ।

त्यस्तै, बजारमा ५ कम्पनीका लागानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । सिर्जना फाइनान्स, हिमालयन पावर पार्टनर र स्वरोजगार लघुवित्त विकास बैंकका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । त्यसैगरी, सुमीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ९.९७ र हिमालयन डिष्टीलरीको ९.९३ प्रतिशतले सेयर मूल्य बढेको छ ।

बजारमा उत्पादनमूलक समूहको परिसूचक ३२ अंकले बढेको छ । त्यस्तै, विकास बैंक र हाइड्रो समूहको परिसूचक क्रमशः१२ र ११ अंकले उकालो लागेका छन् । उता बीमा, फाइनान्स र अन्य समूहको परिसूचक क्रमशः ३४, १ र ६ अंकले ओरालो लागेका छन्  ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।