logo

आइतबार सेयर बजार ४.४७ अंकले बढ्यो

    1825   पटक पढिएको

२२ साउन / अर्थ र व्यापार – साताको पहिलो दिनको कारोबारमा प्राइम कमर्शियल बैंक लगायतका कम्पनीहरुको सेयरमूल्य बढेर उच्च कारोबार हुनुले लगानीकर्ताको यो छनौटलाई संकेत गर्छ । यसका साथै कम्पनीहरुले साधारण सभाको मिति तय गर्दै आफू सुधार हुने आश देखाउँदा  लगानीकर्ताहरुमा त्यसको सकरात्मक असर परेको छ ।

कारोबार रकममा केही गिरावट आए पनि बजार चार अंकले उकालो लागेको छ । वाणिज्य बैंक समूहको सूचक उकालो लाग्दा बीमा तथा अरु केही समूहमा गिरावट आएको छ । गत आर्थिक वर्षमा धेरै कमाई गरेर उच्च प्रतिफल दिन सक्ने सस्तो सेयरमा लगानीकर्ताको चाप बढ्दा वाणिज्य बैंक समूहमा बढोत्तरी भएको हो । आइर्तवार बजार खुलेदेखि उकालो लाग्ने क्रम सुरु भएपनि केही बेर पछि बजार सुस्त बनेको थियो । १६६९.४० अंकसम्म पुगेको बजार बन्द हुँदा ४.४७ अंकको वृद्धिमा १६६५.०५ अंकमा बन्द भएको हो ।

कारोबार रकममा भने गत बिहीबारको तुलनामा केही गिरावट देखिएको छ । गत बिहीबार एक अर्ब १३ करोड रुपैंयाको सेयर किनबेच भएको थियो । आइतबार झण्डै १२ करोड रुपैंयाले घटेर एक अर्ब एक करोड रुपैंयाको सेयर किनबेच भएको हो । यस क्रममा १५९ कम्पनीका ३२ लाख ९३ हजार ४८१ कित्ता सेयर १० हजार ३४५ पटक किनबेच भएका छन् ।

वाणिज्य बैंक, उत्पादन र अन्य समूह उकालो लाग्दा बीमा, होटल, जलविद्युत, विकास बैंक, वित्त सूचकमा भने गिरावट आएको छ । कारोबार चापमा भने विभिन्न समूहका मिश्रित कम्पनीको वर्चस्व देखिएको छ । साउन ३१ गते हुने साधारण सभाले नेशनल हाइड्रोमा नयाँ व्यवस्थापन आउने आशमा लगानीकर्ताको ध्यान  तानिएको देखिन्छ । जसका कारण अधिक सेयर कारोबार हुँदा नेशनल हाइड्रोको सेयरमूल्य सात प्रतिशतले बढेको छ ।

यस अघि नै हाथवे इन्भेष्टमेण्टले नेशनल हाइड्रोमा आफ्नो प्रवेश हुने बित्तिकै एक रातमा नै कायापलट नहुने भन्दै सेयर मूल्यमा चलखेल नगर्न चेतावनी दिइसकेको छ । हाथवेले विगतका विवाद सुल्झाउन सबै पक्ष तयार भए मात्र आफुहरुले व्यवस्थापन सम्हाल्ने सेयरधनीको विशेष भेलामा प्रष्ट पारिसकेको छ । यस अर्थमा सबै पक्षको सहमति नभएको खण्डमा हाथवे नेशनल हाइड्रोमा जसरी पनि जान्छ भनेर सेयर किन्नु पहिले गम्भीर हुन जरुरी छ ।

नेशनल हाइड्रोसँगै प्राइम कमर्शियल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नेशनल माइक्रोफाइनान्स, स्टाण्डर्ड चार्टर्ड बैंक लगायत कम्पनीको अधिक सेयर कारोबार भएको छ । अधिक कमाई गर्नेको सूचीमा प्राइम,नबिल बैंक, नेशनल हाइड्रो तथा अन्य साना कम्पनीहरुको वर्चस्व रहेको छ । बजारमा आएको सुधारले बजार पूँजीकरण १९ खर्ब ५० अर्ब रुपैंया पुगेको छ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।