logo

आइतबार सेयर बजार ४.४७ अंकले बढ्यो

    1560   पटक पढिएको

२२ साउन / अर्थ र व्यापार – साताको पहिलो दिनको कारोबारमा प्राइम कमर्शियल बैंक लगायतका कम्पनीहरुको सेयरमूल्य बढेर उच्च कारोबार हुनुले लगानीकर्ताको यो छनौटलाई संकेत गर्छ । यसका साथै कम्पनीहरुले साधारण सभाको मिति तय गर्दै आफू सुधार हुने आश देखाउँदा  लगानीकर्ताहरुमा त्यसको सकरात्मक असर परेको छ ।

कारोबार रकममा केही गिरावट आए पनि बजार चार अंकले उकालो लागेको छ । वाणिज्य बैंक समूहको सूचक उकालो लाग्दा बीमा तथा अरु केही समूहमा गिरावट आएको छ । गत आर्थिक वर्षमा धेरै कमाई गरेर उच्च प्रतिफल दिन सक्ने सस्तो सेयरमा लगानीकर्ताको चाप बढ्दा वाणिज्य बैंक समूहमा बढोत्तरी भएको हो । आइर्तवार बजार खुलेदेखि उकालो लाग्ने क्रम सुरु भएपनि केही बेर पछि बजार सुस्त बनेको थियो । १६६९.४० अंकसम्म पुगेको बजार बन्द हुँदा ४.४७ अंकको वृद्धिमा १६६५.०५ अंकमा बन्द भएको हो ।

कारोबार रकममा भने गत बिहीबारको तुलनामा केही गिरावट देखिएको छ । गत बिहीबार एक अर्ब १३ करोड रुपैंयाको सेयर किनबेच भएको थियो । आइतबार झण्डै १२ करोड रुपैंयाले घटेर एक अर्ब एक करोड रुपैंयाको सेयर किनबेच भएको हो । यस क्रममा १५९ कम्पनीका ३२ लाख ९३ हजार ४८१ कित्ता सेयर १० हजार ३४५ पटक किनबेच भएका छन् ।

वाणिज्य बैंक, उत्पादन र अन्य समूह उकालो लाग्दा बीमा, होटल, जलविद्युत, विकास बैंक, वित्त सूचकमा भने गिरावट आएको छ । कारोबार चापमा भने विभिन्न समूहका मिश्रित कम्पनीको वर्चस्व देखिएको छ । साउन ३१ गते हुने साधारण सभाले नेशनल हाइड्रोमा नयाँ व्यवस्थापन आउने आशमा लगानीकर्ताको ध्यान  तानिएको देखिन्छ । जसका कारण अधिक सेयर कारोबार हुँदा नेशनल हाइड्रोको सेयरमूल्य सात प्रतिशतले बढेको छ ।

यस अघि नै हाथवे इन्भेष्टमेण्टले नेशनल हाइड्रोमा आफ्नो प्रवेश हुने बित्तिकै एक रातमा नै कायापलट नहुने भन्दै सेयर मूल्यमा चलखेल नगर्न चेतावनी दिइसकेको छ । हाथवेले विगतका विवाद सुल्झाउन सबै पक्ष तयार भए मात्र आफुहरुले व्यवस्थापन सम्हाल्ने सेयरधनीको विशेष भेलामा प्रष्ट पारिसकेको छ । यस अर्थमा सबै पक्षको सहमति नभएको खण्डमा हाथवे नेशनल हाइड्रोमा जसरी पनि जान्छ भनेर सेयर किन्नु पहिले गम्भीर हुन जरुरी छ ।

नेशनल हाइड्रोसँगै प्राइम कमर्शियल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नेशनल माइक्रोफाइनान्स, स्टाण्डर्ड चार्टर्ड बैंक लगायत कम्पनीको अधिक सेयर कारोबार भएको छ । अधिक कमाई गर्नेको सूचीमा प्राइम,नबिल बैंक, नेशनल हाइड्रो तथा अन्य साना कम्पनीहरुको वर्चस्व रहेको छ । बजारमा आएको सुधारले बजार पूँजीकरण १९ खर्ब ५० अर्ब रुपैंया पुगेको छ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।