logo

आइतबार नेप्से परिसूचक दोहोरो अंकले घट्यो

    1297   पटक पढिएको

४ भदौ / अर्थ र व्यापार – नेप्से परिसूचक साताको पहिलो दिन दोहोरो अंकमा घटेको छ । ११. ७८ अंकले घटेर नेप्से १६१७ अंकमा कायम भएको छ । १५९ कम्पनीको ७९ करोड ४६ लाखको सेयर खरिदबिक्री भएको छ । होटलबाहेकका सबै समूह रातो अंकमा रहे । सो समूह ४ अंकले बढेको छ । बैंकिङ १२ , विकास बैंक १४, जलविद्युत १५, बिमा ३९, उत्पादन २५ र अन्य समूह २ अंकले अंोर्लिए ।

प्राइम लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै रकमको कारोबार भयो । सो कम्पनीको ५ करोड ४३ लाखको कारोबार हुँदा मूल्य पनि बढेर प्रतिकित्ता २७७४ कायम भएको छ  । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमको ४ करोड ४४ लाखको कारोबार भयो । ६० प्रतिशत लाभांशका लागि कम्पनीको बुक क्लोज मिति भदौ १२ रहेकाले उसको कारोबार बढेको हो । कम्पनीले आजै लाभांशको घोषणा गरेको हो । एनसीसी बैंक, नेपाल बैंक तथा साना किसान बैंकपनि कारोबारका आधारमा अगाडि रहे।

बजार घटे पनि स्वरोजगार लघुवित्त विकास बैंकका लगानीकर्ताले १० प्रतिशतको हाराहारीमा नाफा कमाएका छन् । सिर्जना फाइनान्स र लक्ष्मी बैंकको मूल्य क्रमशः ७ र ५ प्रतिशतले बढेको छ । हिमालयन डिस्टिलरीका लगानीकर्ताले आज पनि १० प्रतिशत मूल्य गुमाए । वर्ल्ड मर्चेन्ट बैंकिङको मूल्य ९ प्रतिशतले घटेको छ । रिडी हाइड्रो, ग्रीन डेभलपमेन्टको मूल्य क्रमशः ७ र ५ प्रतिशतले घट्यो । समूहगत रुपमा हेर्दा बैंकिङ समूहको सबैभन्दा धेरै २० करोड ९० लाखको कारोबार भएको छ ।

आजदेखि हिमालयन पावरको कारोबार भएको छ । ३ सय रुपैयाँमा कारोबार खुले पनि बन्द हुँदा प्रतिकित्ता ३३० पुगेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।