logo

आइतबार सेयरबजारमा ३४.८९ अंकको गिरावट

    1317   पटक पढिएको

२६ भदौ / अर्थ र व्यापार – साताको पहिलो दिन आइतबारको सेयरबजार २.२४ प्रतिशतले घटेको छ । नेप्सेमा सूचिकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरेर साधारणसभा आह्वान गरि रहँदा बजारमा झन ठूलो पहिरो चलेको छ । तर कतिपय लगानीकर्ताले बजार घटेकै मौकामा सेयर खरिदको क्रम बढाउँदा कारोबार रकम भने उत्साहजनक देखिएको छ ।

आइतबारसम्म सेयरबजारमा सूचिकृत करिब तीन दर्जन कम्पनीले लाभांश घोषणा गरिसकेका छन भने आधा दर्जन बढीले साधारणसभा नै बोलाई सकेका छन् । तर यहि अवस्थामा सेयरबजारमा भने सेयर बिक्रीको चाप अधिक परेको छ । जसका कारण कम्पनीहरुको सेयरमूल्य घट्दा समग्र बजार उच्च अंकले घट्न पुग्यो । 

आइतबार नेप्से ३४.८९ अंकले घटेर १५१९.६६ अंकमा पुगेको छ । यसदिन १५८ कम्पनीको ९२ करोड ४२ लाख बराबरको कारोबार भयो । कारोबार रकम गत विहीबारको तुलनामा १९ करोड बढी हो । कारोबारमा आएका सबै समूहका सूचक घटेपछि बजार राताम्मे भएको छ । कुल १५ लाख ५७ हजार ३८३ कित्ता सेयर किनबेच भएका छन् ।

बजार झरेपनि १२ कम्पनीको सेयर मूल्य भने बढेको छ । समता, निर्धनजस्ता संस्थाको सेयर मूल्य झरेको हो । १० प्रतिशतले छिमेक लघुवित्तको सेयर मूल्य झरेको छ । जेनरल फाइनान्सको ८ प्रतिशत र हाम्रो विकास बैंकको करिव ८ प्रतिशतले सेयर मूल्य झरेको छ । 

यसदिन निर्धन उत्थान विकास बैंकको दश करोड ६७ लाख बराबरको कारोबार भयो । ६७ प्रतिशत बोनस घोषणा गरेपछि बैंकको कारोबार उच्च भएको हो । जसको सेयरमूल्य समेत चार प्रतिशतले बढेको छ । समता माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै झण्डै पाँच प्रतिशतले कमाए । छिमेक लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै दश प्रतिशतले गुमाएका छन् ।
 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।