logo

आइतबार सेयरबजारमा २४.७० अंकको गिरावट

    1457   पटक पढिएको

२८ जेठ / अर्थ र व्यापार-नयाँ सरकार गठन भएदेखि निरन्तर घटेको सेयरबजारमा गिरावट अझै पनि कायमै रहेको छ । आइतबार नेप्से २४ अंक बढीले ओरालो लागेको छ । समग्र परिसूचक घटेपनि गत विहीबारको तुलनामा कारोबार रकममा भने केहि सुधार आएको छ ।

 आइतबार सेयरबजारमा ७१ करोड बराबरको सेयर किनबेच भयो । कारोबार रकम गत विहीबारको तुलनामा २३ करोड बढीे हो । यसदिन बिहीबार १४६ कम्पनीका ११ लाख २३ हजार कित्ता शेयर ७१ करोड १३ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भए । 

पछिल्ला राजनैतिक घटनाक्रमले अझैपनि दोस्रो चरणको निर्वाचनमा राजपा सहभागी हुने सुनिश्चितता गर्न नसक्दा यसको प्रभाव बजारमा देखिएको हो । राजपा र सरकारबीचको वार्ता असफल भएको र राजपाले विरोधका नयाँ कार्यक्रम सार्वजनिक गरेपछि यसको नकारात्मक प्रभाव सेयर बजारमा देखियो र बजार ओरालो लाग्यो । तर बजार घटेको मौका छोपी सस्तो मूल्यमा सेयर उठाउन लगानीकर्ता लागेपछि कारोबार रकममा भने सुधार आएको हो ।

आइतबार नेप्से परिसूचक २४.७० अंकले घटेर १५९०.४९ अंकमा झरेको छ । बजार खुलेदेखि निरन्तर घटेको बजारमा बीचमा केही समालिन खोजेपनि अन्त्यमा दोहोरो अंकले घटेको हो । यसदिन कारोबारमा आएका होटल र उत्पादन बाहेक सबै समूह अगोरालो लागे ।

यसदिन सबैभन्दा बढी स्ट्यार्डड चाटर्ड बैंकको शेयर खरिद बिक्री भयो । बैंकको ७ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको हो । आइतबार पनि सबै भन्दा बढी आरएसडीसी लघुवित्तको सेयरमूल्य दश प्रतिशतकै हाराहारीमा बढेको छ । वल्र्ड मर्चेन्ट फाइनान्सका शेयरधनीले पनि नौ प्रतिशत बढी कमाए।

यसदिन एनएमबि बैंकको संस्थापक सेयर मूल्य सबैभन्दा धेरै आठ प्रतिशतले घटेको छ । सेयरमूल्य घट्दा एनएमबिको संस्थापक सेयर पनि चार करोड बढीको किनबेच भयो । नेरुडे लघुवित्त, अरुण काबेली लगायतका कम्पनी धेरै गुमाउनेमा परे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।