logo

आईतबार सेयर बजारमा १३ अंकको गिरावट

    1293   पटक पढिएको


४ असार / अर्थ र व्यापार - सेयर बजारले लगानीकर्तालाई पहिलो दिन नै निरास बनाएको छ । सेयर बजार आईतबार पनि ओरालिने क्रम जारी रह्यो । बजार १३.६१ अंकले झरेर १५७६ अंकभन्दा तल आएको छ। दिनभरीका १४३ कम्पनीको सेयर किनबेच भएको थियो ।
 बजारमा कुल ५९ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सबैभन्दा बढि प्राइम लाइफ इन्स्योरेन्सको सात करोड ४६ रुपैयाँको किनबेच भएको छ । एभरेष्ट बैंकको ६ करोड ८५ लाख रुपैयाँको किनबेच भएको छ ।
 बाणिज्य बैंकहरुको सेयर सुचक १७.४ अंकले झरेको छ। होटल १८.३६ अंक, विकास बैंक १०.९३ अंक, जलविद्युत ३१.२८ अंक, फाइनान्स ०.८५ अंक, बीमा १४.७४ अंक, उत्पादनमूलक ८.७३ अंक र अन्य १.७४ अंकले झरेको छ ।
 बजार झर्दा सबैभन्दा बढि एभरेष्ट बैंक परिवर्तीय सेयर मूल्य घटेको छ । बैंकको सेयर मूल्य १० प्रतिशतले झरेको हो । यसपछि ङादी ग्रुप पावरको सेयर मूल्य साढे पाँच प्रतिशतले झरेको छ ।
 बजार झर्दा पनि कमाउनेमा एभरेष्ट इन्स्योरेन्सका सेयरधनी छन ्। कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। ६०० प्रतिशत हकप्रद सेयर दिने भएपछि मूल्य उक्लिएको हो। प्राइम लाइफको सेयर मूल्य ६.२६ प्रतिशतले बढेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।