logo

आइतबार सेयरबजारमा ११.४० अंकको गिरावट

    2648   पटक पढिएको

२९ साउन / अर्थ र व्यापार – साताको पहिलो दिनको सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ भने कारोबार रकममा समेत कमी आएको छ । वित्त र उत्पादन समूह बाहेक सबै समूहका सूचक नकारात्मक रहेपछि सेयरबजार ओरालो लागेको हो । आइतबार नेप्से ११.४० अंकले घटेर १६४२.१३ अंकमा झरेको छ । १६० कम्पनीको कारोबार भएको बजारमा ८० करोड १८ लाख बराबरको सेयर किनबेच भयो । विहीबारको तुलनामा कारोबार रकम १२ करोड कम हो ।

विगत तीन चार दिन यताको अविरल बर्षाका कारण तराईक्षेत्रका अधिकांस स्थानहरु डुबानमा परेको र पहाडी क्षेत्रका केही ठाउँहरुमा आएको पहिरोको प्रभाव समेत सेयरबजारमा देखिएको छ । विरगन्ज, इटहरी तथा विराटनगर लगायतका ब्रोकर शाखाहरुमा बाढीका कारण ईन्टरनेटमा आएको समस्याले सेयर कारोबार हुन सकेन जसले गर्दा सेयर कारोबारमा गिरावट देखिएको हो । वेभसर्फरमा आएको समस्याका कारण ति क्षेत्रमा सेयर कारोबार हुन नसकेको ब्रोकरहरुले जानकारी दिएका छन् ।

यसदिन नेशनल हाइड्रोको सबैभन्दा धेरै ६ करोड ३८ लाख बराबरको सेयर किनबेच भयो । कम्पनीले साउन ३१ बोलाएको साधारणसभा हुने निश्चित भएपछि कारोबार रकम बढेको हो । पाटन उच्च अदालतले कम्पनीको साधारणसभा रोक्न परेको रीट खारेज गर्दे तोकिएको दिनमा सधारणसभा राख्न आदेश दिएपछि कम्पनीको कारोबार बढेको हो । साधारणसभामा कम्पनीको नयाँ व्यवस्थापन भित्राउने एजेण्डा लगिदैछ ।

यसदिन महालक्ष्मी विकास बैंकको सबैभन्दा धेरै झण्डै दश प्रतिशतले सेयरमूल्य बढेको छ । यति डेभलपेमन्टलाई गाभेको महालक्ष्मीको आजैबाट नेप्सेमा सेयर कारोबार खुलेको हो । अरुण फाइनान्स, नेशनल हाइड्रो लगायतको सेयरमूल्य बढेको छ । ललितपुर फाइनान्सको सेयरमूल्य दश प्रतिशतले घटेको छ । ग्रिन डेभलपमेन्ट बैंक र हाम्रो विकास बैंकको सेयरमूल्य पनि दश प्रतिशतकै हाराहारीमा घटेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।