logo

आइतबार सेयर बजारमा २.८९ अंकको गिरावट

    1333   पटक पढिएको


८ असोज / अर्थ र व्यापार – चाडबाडको प्रत्यक्ष प्रभाव शेयर बजारमा देखिएको छ । लगानीकर्ताको ध्यान शेयर खरिद बिक्रीमा भन्दा अन्यत्रै मोडिँदा बजारमा सूचकसंगै कारोबार रकममा उल्लेख्य गिरावट देखिएको छ । साताको पहिलो दिन आइतबार शेयर बजार २.८९ अंकले घटेर १५३६.९२ अंकमा ओर्लिएको छ । 

क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १ अंकले घटेर ३२२.११ अंकमा झरेको छ । चाडबाड लागेसंगै लगानीकर्ताको बजारमा चहल पहल घटेको छ । आइतबार कारोबार रकम र बजार दुबै घटेनुको कारण लगानीकर्ताले चाडबाडमा ध्यान केन्द्रित गर्नु हो ।

आइतबार १५० कम्पनीको नौ लाख ९१ हजार कित्ता शेयर ३१ करोड रुपैयाँमा खरिद बिक्री भयो । सबैभन्दा बढी एनसीसीबिको संस्थापक शेयर दुई करोड २२ लाख रुपैयाँमा खरिद बिक्री भयो ।

उपसूचक मिस्रित देखिएका छन् । आठ समूहको कारोबारमा चार समूहको सूचक घटेको छ भने चारै समूहको बढेको छ । बैंक ४.९८, ट्रेडिङ् १५.२९, विकास बैंक ५.७ र अन्य १.७३ अंकले घटेको छ ।

होटल ३७.६४, जलबिद्युत १.०८, फाइनान्स ४.२६, बीमा १०.१४ अंकले बढेको छ । आइतबार सबैभन्दा बढी बरुण हाइड्रोपावर कम्पनीका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन् । कुबेर मर्चेन्ट बैंकका शेयर धनीले करिब सात प्रतिशत गुमाए ।   

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।