logo

सफल भयो ऋणपत्रको अनलाइन कारोबार, आधार मूल्य भन्दा ३७ रुपैयाँ घटेर सानिमा बैंकको कारोबार

    1262   पटक पढिएको

९ पौष / अर्थ र व्यापार - नेपाल स्टक एक्सचेन्जको अनलाइन प्रणालीबाट पहिलोपटक ठूलो संख्यामा ऋणपत्रको कारोबार भएको छ। बुधबार एक बैंकले अर्को बैंकलाई आधार मूल्यभन्दा ३७ रूपैंयाँ घटाएर ऋणपत्र बिक्री गरेको हो।

सानिमा बैंकको ‘सानिमा २०८५’ नामको  ‘कर्पोरेट डिवेन्चर’ ऋणपत्र खरिद-बिक्री भएको हो। बुधबार प्रति डिवेन्चर ९ सय ६३ रूपैंयाँको दरमा ५० हजार कित्ता खरिद-बिक्री भएको छ। ऋणपत्रको चार करोड ८१ लाख ५० हजार रूपैंयाँको खरिद-बिक्री भएको हो।

यो कारोबार दुई बैंकको आपसी सहमतिका आधारमा दोस्रो बजारमा खरिद-बिक्री भएको हो। यस अगाडि नेप्सेको अनलाइन प्रणालीबाट १० कित्ता सानिमाकै ऋणपत्र कारोबारमार्फत परीक्षण गरिएको थियो। परीक्षण भएपछि बुधबार यति धेरै ठूलो संख्यामा खरिद-बिक्री भयो।

दोस्रो बजारमा ऋणपत्रको कारोबार नभएको भन्दै लगानीकर्ताहरूले गुनासो पोख्दै आएका थिए। पछिल्लो समय वाणिज्य बैंकहरूले लाखौ संख्यामा ऋणपत्र निष्कासन गरे पनि दोस्रो बजारमा खरिद बिक्री हुन सकेको थिएन।

बुधबार ३८ नम्बर ब्रोकरमार्फत २५ हजारका दरले दुई वटा म्याचिङ कारोबार भएको छ। यो ऋणपत्र ठीक एक वर्षअघि निष्कासन गरिएको थियो। दुई अर्ब रूपैंयाँको ऋणपत्र निष्कासन गर्दा एक अर्ब ३५ करोड रूपैयाँको ऋणपत्र बिक्री भएको थियो। यो ऋणपत्रको ब्याजदर १० प्रतिशत छ। यो ऋणपत्र २०२९ वैशाख १ गते परिपक्व हुनेछ।

चालु आर्थिक वर्षको बजेटमा ऋणपत्रलाई पनि दोस्रो बजारमा कारोबार गर्ने उल्लेख थियो। बजेटमा आएपछि नेप्सेले केही समयअघि ऋणपत्रलाई अनलाइन प्राणालीबाट खरिद-बिक्री गर्न मिल्ने बनाएको थियो। 

ऋणपत्रको कारोबार अनलाइन प्रणाली विकास गर्दा नै यो फिचर भए पनि खरिद बिक्रीका लागि भने ’लकिङ’ गरिएको थियो। बिहीबार सिद्धार्थ बैंकको ऋणपत्र खरिद-बिक्री गरिने नेप्सेले जनाएको छ। यो सँगै डिम्याट ‘अभौतिक’ गरिएका ऋणपत्रको कारोबार अनलाइन प्रणालीबाटै सहज रूपमा कारोबार गर्न सकिने छ। 

नेप्सेले अनलाइन प्रणालीको विकास गरे पनि अधिकांश सरकारी ऋणपत्र भने अहिलेसम्म डिम्याट हुन सकेको छैन। डिम्याट नभएका ऋणपत्र दोस्रो बजारमा अनलाइनमार्फत खरिद-बिक्री गर्न सकिदैन। तर भौतिक रूपमा भने खरिद-बिक्री गर्न सकिने छ। यसका लागि नेप्सेमै धाउनुपर्ने बाध्यता छ। लगानीकर्ताहरूले सरकारी ऋणपत्रको डिम्याट गर्न माग गर्दै आएका छन्।

अनलाइन प्रणालीबाट ऋणपत्र खरिद-बिक्री गर्दा पाँच लाख रूपैयाँसम्मको लागि ०.२० प्रतिशत कमिसन भुक्तानी गर्नुपर्छ। त्यस्तै ५ लाख भन्दा माथि ५० लाख सम्मको कारोबार हुँदा भने ०.१० प्रतिशत र ५० लाख रूपैंयाँ भन्दा माथिको कारोबारको हकमा भने ०.०५ प्रतिशत कमिसन भुक्तानी गर्नुपर्नेछ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।