logo

स्ट्याण्डर्ड चार्टर्ड बैंकले डाक्यो सधारणसभा, १०० प्रतिशत बोनस शेयर वितरण गर्ने

    1531   पटक पढिएको

 

५ पुष / अर्थ र व्यापार - काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंकले पुष २६ गते ३१औं वार्षिक साधारणसभा डाकेको छ । साधारणसभाबाट बैंकले एक बराबर एकको अनुपातमा बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने भएको छ । साथै सधारणसभाले बोनस शेयरको कर प्रयोजनको लागि ५.२६ प्रतिशत नगद लाभांस पारित गर्ने छ । 
 
बैंकको हालको चुक्ता पूँजी ४ अर्व ५ करोड रुपैयाँ छ । बोनस शेयर जारी गरे सँगै पूँजी ८ अर्ब १० करोड रुपैयाँ पुग्ने छ । बैंकको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार जगेडा कोषमा ८ अर्ब १५ करोड रुपैयाँ छ भने नाफा एक अर्ब ३८ करोड रुपैयाँ। बैंकले जगेडा कोष तथा गत वर्षको नाफाबाट सत प्रतिशत बोनस शेयर दिन लागेको हो ।
 
बैंकले सर्वसाधारण शेयरधनीको तर्फबाट एक जना संचालकको निर्वाचन गर्ने भएको छ । संचालकको उमेदवार वन्न चाहने शेयरधनीको कम्तिमा ३०० कित्ता शेयर हुनु पर्ने बैकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।