logo

नेप्सेमा आइतबार शिवम सिमेन्टको पहिलो कारोबार

    1521   पटक पढिएको

१० चैत्र /अर्थ र व्यापार - नेपाल स्टक एक्सचेन्जमा आइतबार पहिलो कारोबार हुँदा शिवम सिमेन्टको ४ सय ६४ रुपैयाँमा कारोबार भएको छ । नेप्सेले शिवमको अधिकतम रेन्ज ४ सय ८४ रुपैयाँ तोकेको थियो । 

नेपाल स्टक एक्सचेन्जले सूचीकृत कम्पनीको पहिलो कारोबारका लागि स्पेसन प्रि ओपन सेसन लागु गरेसँगै बिहीबार पहिलो दिन हुन सकेको थिएन् । आइतबार पहिलो चरणमा २ हजार २० कित्ताको कारोबार भएको छ । बिहीबारदेखि कारोबार खुला गरिएको भए पनि नियम अनुसार कारोबार सुरु हुनु भन्दा ३० मिनेट अगाडि देखि खुला भएको प्रि ओपन सेसनमा कारोबार म्याचिङ नभए पछि पुरै दिन कारोबार हुन सकेको थिएन । यो प्रणाली अनुसार कुनै पनि कम्पनी दोस्रो बजारमा सूचीकृत भएर पहिलो कारोबारका लागि ‘स्पेसल प्रि ओपन सेसन’ सहभागी हुनुपर्छ ।

स्पेसल प्रि ओपन सेसन विहान १० बजेर ३० मिनेटदेखि १० बजेर ४५ मिनेटसम्ममा खुला गरिन्छ । यो जुन सुकै कम्पनीको पहिलो कारोबारका लागि तय गरिएको हुन्छ । यदि यो सेसनमा पहिलो म्याचिङ हुन नसकेमा त्यस दिनमा कारोबार गर्न पाइदैन। पहिलो कारोबार म्याचिङ भए पछि त्यसैका आधारमा नियम अनुसार घटबढ गरेर कारोबार गर्न पाइन्छ ।

अनलाइन प्रणालीबाट सर्वसाधारण र ब्रोकरहरु दुवै तर्फको सहभागी हुन सक्ने व्यवस्था छ । यो प्रणाली नियमित कारोबारमा कुनै पनि समस्या नआओस भनेर लागु गरिएको नेप्सेले जनाएको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।