logo

आयोजना प्रभावित स्थानीयको लागि सिंगटी हाइड्रो इनर्जीको आईपीओ खुल्यो 

    1939   पटक पढिएको

४ माघ/अर्थ र व्यापार– सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आजदेखी साधारण सेयर आईपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले आयोजना प्रभावित दोलखा जिल्लाको बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाका लागि साधारण सेयर बिक्री खुला गरेको हो । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४ करोड ५० लाख रुपैयाँबराबरको १४ लाख ५० हजार कित्ता आईपीओ स्थानीयहरुलाई बिक्री गर्न लागेको हो ।

कम्पनीले निष्कासन गर्न लागेको आइपीओमा स्थानीयले छिटोमा माघ १८ गतेसम्म आवेदन दिन सक्नेछन् भने उक्त अवधिमा सबै सेयर बिक्री नभए ढिलोमा फागुन ३ गतेसम्म आवेदन दिन सक्ने छन् ।

उक्त आईपीओमा स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि दुई लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ बिक्रीका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल लिमिटेड छ । 

सार्वजनिक निष्कासन गर्नका लागि गराइएको क्रेडिट रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस (आईएस) प्रदान गरेको छ । यसको अर्थ समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि सेयर बिक्री गरेपछि आम सर्वसाधारणका लागि २९ करोडबराबरको २९ लाख कित्ता सेयर बिक्री गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।