logo

बजार सुधारको संकेत कारोबार रकममा देखियोस् यसरी थोरै कित्ता उचालेर बजारमा झेल

    1527   पटक पढिएको

८ पुस / अर्थ र व्यापार - बजार सुधारको संकेत देखिँदै गर्दा दोस्रो बजारमा कारोबार रकम बढ्न थालेको छ। बाणिज्य बैंकको शेयरमा खासै आकर्षण नदेखिए पनि उत्पादन तथा प्रशोधन, बीमा, लघुवित्तलगायतका कम्पनीको बजार मूल्य उक्लिँदा कारोबार रकम बढेको हो। 

बजार सुधार हुनेरनहुने भन्ने दोधारमा रहेका लगानीकर्ता पछिल्लो समय थोरै कित्ताले बजार बढाउने र आफ्नो शेयर बिक्री गरेर भाग्नेको चपेटामा पर्न थालेका छन्। सिथिल बजारमा प्राय लगानीकर्ताको बजार विश्लेषण कमजोर छ। 
यहि कमजोरीको फाइदा उठाउदै आफुसँग धेरै शेयर हुने लगानीकर्ताले बजार बढाएको पत्तो पाउँदैनन्। खरिदकर्ता नै नभएको शेयरमा आफ्नै बढाएर माग राख्ने र बजार बढाउने प्रबृत्ती बढेको छ। 

बजारमा आफैले महँगोमा शेयर बिक्रीका लागि राख्ने र त्यो शेयर आँफैले उठाउनेसम्मका गतिविधि भएका छन्। यसोगर्दा सर्वसाधारण लगानीकर्ता कम्पनीको शेयर मूल्य बढ्न थाल्यो भनेर महंगोमा शेयर उठाउन थाल्छन्। 

हल्लै हल्लाको विचमा कम्पनी शेयर मूल्य बढ्छ। यहि अवधिमा जसरी बजार बढाउने परिकल्पना गरेका हुन्छन् उनीहरुले शेयर बिक्री गरेर बाहिरिसक्छन्। पछिल्लो दिनमा शिवम सिमेन्ट, एचआइडिसिएल, नेपाल फाइनान्स, नागरिक लगानीकोष लगायतका कम्पनी छन्। 

यसै अवधिमा दोस्रो बजारमा अर्थमन्त्रीको परिवर्तनको हल्ला चलाइएको छ, जसले गर्दा केहि अंक हल्लै हल्लाका विचमा बढिसक्छ। नागरिक लगानी कोषले पनि १० अर्ब रुपैयाँभन्दा माथिको शेयर बजारमा लगानी गर्ने कम्पनी खोल्ने समाचार बाहिर आएका छन्। 

यस्तै समाचारले लगानीकर्ताहरुलाई बजार बढ्ने मनोबल बढाउँछ। तर बजारका केही सिमित लगानीकर्ताहरुले खेल्न भ्याइसक्छन्। दोस्रो बजारमा दीर्घकालिन सुधारका लागि कम्तिमा पनि बैंकको व्याजदर घट्ने आधारहरु देखिनु पर्ने विज्ञहरु बताउँछन्। 

यससँगै बजारमा ठुला ठुला लगानीकर्ता पस्नु पर्ने उनीहरुको तर्क छ।

सोमबार करिव १८ अंकले बजार सुधार हुँदा ५९ करोड ५७ लाख रुपैयाँको खरिद बिक्री भयो। 

मंगलबार भने गएका दिनमा भएको सुधारको नाफा बुक गर्ने लगानीकर्ता हाबी हुँदा २.३७ अंकले बजार ओरालो झर्यो। तर कारोबार रकम बढेर ७२ करोड १६ लाख रुपैयाँको भयो। 

सोमबार सर्किट लागेको शिवम् सिमेन्टको बजार मंगलबार १२ रुपैयाँले घटेर ४४५ रुपैयाँमा झर्यो। कम्पनीको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक भएपछि शेयर मूल्य घट्ने क्रममा ३५५ रुपैयाँमा झर्यो। 

पछिल्लो समय यसै कम्पनीलाई खेलाउँदै लगानीकर्ताले मूल्य बढाइरहेका छन्। मंगलबार शिवमको सबैभन्दा धेरै १० करोड ३३ लाख रुपैयाँको खरिद बिक्री भयो। पछिल्लो समय नागरिक लगानी कोषको शेयर मूल्य अधिकतम बढ्ने क्रममा छ। मूल्य बढ्दै गर्दा कारोबार रकम पनि ८ करोड ८२ लाख रुपैयाँको भएको छ। मंगलबार चार वटा कम्पनीको शेयर मूल्य अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।