logo

सिद्धार्थ बैंकको १३.१६ प्रतिशत लाभांश प्रस्ताव

    1058   पटक पढिएको

७ मंसिर / अर्थ र व्यापार- सिद्धार्थ बैंक लि.ले गत आर्थिक वर्ष २०७४÷७५ को आम्दानीवाट शेयरधनीलाई १३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । मंसिर ६ गते शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले लगानीकर्तालाई बोनस शेयरका साथै नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको ३०४ औं बैठकले १३.१६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले लगानीकर्तालाई ५ प्रतिशत बोनस शेयरका साथै ८.१६ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्षको सञ्चित रकमबाट हालको चुक्ता पूँजी ८ अर्ब ४६ करोड रुपैयाँको ५ प्रतिशत बराबरको ४२ करोड ३२ लाख १९ हजार २६४ रुपैयाँ बराबरको बोनस शेयर तथा कर प्रयोजन सहित ६९ करोड ०६ लाख ९३ हजार ८३८ रुपैयाँ नगद लााभांश प्रस्ताव गरेको हो । बैंकको प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपश्चात आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

बैंकले अघिल्लो आर्थिक वर्षमा १४ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । हाल ८ अर्ब ४६ करोड ४३ लाख ८५ हजार २७६ रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस शेयर पूँजीकरण पश्चात ८ अर्ब ८८ करोड ७६ लाख चार हजार ५४० रूपैयाँ चुक्त्ता पूँजी पुग्नेछ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।