logo

लगानीकर्ताको रोजाइमा कमजोर कम्पनी, साढे ३७ करोडको शेयर कारोबार हुँदा शिवमले सबैलाई उछिन्यो

    1132   पटक पढिएको

६ पुष / अर्थ र व्यापार - शेयर बजार घट्दै गएपछि लगानीकर्ताको रोजाइमा कमजोर कम्पनीमा लगानीकर्ताको आकर्षण देखिन थालेको छ । साताको पहिलो दिन लगानीकर्ताको रोजाइमा कमजोर कम्पनी परेपछि राम्रा कम्पनी छाँयामा परेका छन् । राम्रा कम्पनीलाई लगानीकर्ताले छाँयामा पारेपछि सन्सेटिभ सूचक घटेको छ ।

तर लगानीकर्ताको रोजाइमा बढी कम मूल्यका कमजोर कम्पनी परेपछि समग्र शेयर कारोबार मापक सूचक भने बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक १.१७ अङ्कले बढेर ११५०.८१ अंकमा उक्लिएको छ । तर राम्रा कम्पनीहरुमो कारोबार मापन गर्ने सेन्सेटिभ सूचक भने ०.२५ अङ्कले घटेर २५१.५९ अंकमा झरेको छ ।

लगानीकर्ताले शेयर बजार बढ्ने दरिलो आधार नभेट्टाएका कारण सस्तो र कमजोर कम्पनीका शेयरमा आइतबार खरिद बिक्री बढाएको नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष तुलसीराम ढकालले बताए । लगानीकर्ता यति बेला अन्योलमा रहेको ढकालको ठम्याइ छ ।

पछिल्लो त्रैमासमा घाटा बढेको वित्तीय विवरण प्रकाशित गरेको शिवम सिमेन्ट आइतबार सबैभन्दा बढी शेयर मूल्य बढ्ने कम्पनीको सूचीमा अघि छ । उसको ९.७६ प्रतिशतले शेयर मूल्य बढेर सर्किट लागेको छ । कारोबार रकममा समेत उसले अग्रता लिएको छ ।

शेयर मूल्यका आधार र नाफामा कमजोर देखिएका कम्पनीको शेयर मूल्य चार प्रतिशतदेखि १० प्रतिशतसम्म बढेका छन् । पाँचथर पावर, रिडी हाइड्रो पावर, कर्णाली विकास बैंक, देव विकास बैंक लगायतका कम्पनीको शेयर मूल्य बढेका हुन् ।

आइतबार १ सय ६७ कम्पनीका १४ लाख ८८ हजार कित्ता शेयर ३७ करोड ४४ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा बढी शिवम् सिमेन्टको चार करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो । कारोबार रकमकै आधारमा एनएमबि बैंकको  दोस्रो बढी कारोबार भएको छ । उसको मात्रै तीन करोड ३३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो ।

उप सूचक मिस्रित देखिएको छ । १२ समूहको कारोबारमा ६ समूहका उप सूचक बढेका छन् भने ६ नै समूहका उप सूचक घटेका छन् । सबैभन्दा बढी होटेल समूहका उप सूचक २.५५ प्रतिशतले बढेको छ भने ट्रेडिङ् समूहको १.८५ प्रतिशतले उप सूचक घटेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।