logo

लगानीकर्ताको रोजाइमा कमजोर कम्पनी, साढे ३७ करोडको शेयर कारोबार हुँदा शिवमले सबैलाई उछिन्यो

    1453   पटक पढिएको

६ पुष / अर्थ र व्यापार - शेयर बजार घट्दै गएपछि लगानीकर्ताको रोजाइमा कमजोर कम्पनीमा लगानीकर्ताको आकर्षण देखिन थालेको छ । साताको पहिलो दिन लगानीकर्ताको रोजाइमा कमजोर कम्पनी परेपछि राम्रा कम्पनी छाँयामा परेका छन् । राम्रा कम्पनीलाई लगानीकर्ताले छाँयामा पारेपछि सन्सेटिभ सूचक घटेको छ ।

तर लगानीकर्ताको रोजाइमा बढी कम मूल्यका कमजोर कम्पनी परेपछि समग्र शेयर कारोबार मापक सूचक भने बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक १.१७ अङ्कले बढेर ११५०.८१ अंकमा उक्लिएको छ । तर राम्रा कम्पनीहरुमो कारोबार मापन गर्ने सेन्सेटिभ सूचक भने ०.२५ अङ्कले घटेर २५१.५९ अंकमा झरेको छ ।

लगानीकर्ताले शेयर बजार बढ्ने दरिलो आधार नभेट्टाएका कारण सस्तो र कमजोर कम्पनीका शेयरमा आइतबार खरिद बिक्री बढाएको नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष तुलसीराम ढकालले बताए । लगानीकर्ता यति बेला अन्योलमा रहेको ढकालको ठम्याइ छ ।

पछिल्लो त्रैमासमा घाटा बढेको वित्तीय विवरण प्रकाशित गरेको शिवम सिमेन्ट आइतबार सबैभन्दा बढी शेयर मूल्य बढ्ने कम्पनीको सूचीमा अघि छ । उसको ९.७६ प्रतिशतले शेयर मूल्य बढेर सर्किट लागेको छ । कारोबार रकममा समेत उसले अग्रता लिएको छ ।

शेयर मूल्यका आधार र नाफामा कमजोर देखिएका कम्पनीको शेयर मूल्य चार प्रतिशतदेखि १० प्रतिशतसम्म बढेका छन् । पाँचथर पावर, रिडी हाइड्रो पावर, कर्णाली विकास बैंक, देव विकास बैंक लगायतका कम्पनीको शेयर मूल्य बढेका हुन् ।

आइतबार १ सय ६७ कम्पनीका १४ लाख ८८ हजार कित्ता शेयर ३७ करोड ४४ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा बढी शिवम् सिमेन्टको चार करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो । कारोबार रकमकै आधारमा एनएमबि बैंकको  दोस्रो बढी कारोबार भएको छ । उसको मात्रै तीन करोड ३३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो ।

उप सूचक मिस्रित देखिएको छ । १२ समूहको कारोबारमा ६ समूहका उप सूचक बढेका छन् भने ६ नै समूहका उप सूचक घटेका छन् । सबैभन्दा बढी होटेल समूहका उप सूचक २.५५ प्रतिशतले बढेको छ भने ट्रेडिङ् समूहको १.८५ प्रतिशतले उप सूचक घटेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।