logo

शिवम् सिमेन्टको ४ करोड ४० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत 

    1249   पटक पढिएको

५ चैत्र /अर्थ र व्यापार - शिवम सिमेन्टको चैत ५ गते मंगलबार ४ करोड ४० लाख कित्ता शेयर सूचीकृत भएको छ । कम्पनीले मंगलबार नेप्सेसँग कारोबारका लागि सूचीकरण सम्झौता गरेसँगै बिहीबारदेखि कारोबार हुनेछ । बुधबार फागु पूर्णिमाको सार्वजनिक विदा परेकाले चैत ७ गते बिहीबार मात्रै नेप्सेमा कारोबार खुल्ने भएको हो । 

शिवम् सिमेन्टको शेयर सूचीकृत भएसँगै नेप्सेमा उत्पादन तथा प्रशोधन उपसूचकमा थप एक कम्पनी थपिएको छ । यसअघि यस उपसमुहमा १८ वटा कम्पनी सूचीकृत रहेका थिए । कम्पनीको बुझाएको वित्तीय विवरण अनुसार नेप्सेले पहिलो कारोबारका लागि न्यूनतम १६१ रुपैयाँ ६० पैसा देखि अधिकतम नेटवर्थको तीन गुणासम्म अर्थात ४८४ रुपैयाँ ८० पैसासम्म कारोबार रेञ्ज प्रदान गरेको छ ।

कम्पनीले फागुन ६ देखि १४ गतेसम्म शेयर निष्काशन गरि ४४ लाख ३४ हजार ६९५ कित्ता शेयर सर्वसाधारणमा र आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ७ लाख ८५ हजार ३०५ कित्ता र सामूहिक लगानी कोषका लागि ६० हजार कित्ता शेयर गरि कूल ५२ लाख ८० हजार कित्ता शेयर फागुन २२ गते बाँडफाँड गरेको थियो ।

शिवमले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि प्रिमियम सहित प्रतिकित्ता २०० रुपैयाँ र सर्वसाधारणका लागि प्रतिकित्ता ३०० रुपैयाँको दरले प्राथमिक शेयर निष्काशन गरेको थियो।शिवम् उत्पादनमूलक कम्पनीबाट प्रिमियम मूल्यमा साधारण शेयर जारी गरेको पहिलो सिमेन्ट कम्पनी हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।