logo

शिवम् सिमेन्टको ४ करोड ४० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत 

    1505   पटक पढिएको

५ चैत्र /अर्थ र व्यापार - शिवम सिमेन्टको चैत ५ गते मंगलबार ४ करोड ४० लाख कित्ता शेयर सूचीकृत भएको छ । कम्पनीले मंगलबार नेप्सेसँग कारोबारका लागि सूचीकरण सम्झौता गरेसँगै बिहीबारदेखि कारोबार हुनेछ । बुधबार फागु पूर्णिमाको सार्वजनिक विदा परेकाले चैत ७ गते बिहीबार मात्रै नेप्सेमा कारोबार खुल्ने भएको हो । 

शिवम् सिमेन्टको शेयर सूचीकृत भएसँगै नेप्सेमा उत्पादन तथा प्रशोधन उपसूचकमा थप एक कम्पनी थपिएको छ । यसअघि यस उपसमुहमा १८ वटा कम्पनी सूचीकृत रहेका थिए । कम्पनीको बुझाएको वित्तीय विवरण अनुसार नेप्सेले पहिलो कारोबारका लागि न्यूनतम १६१ रुपैयाँ ६० पैसा देखि अधिकतम नेटवर्थको तीन गुणासम्म अर्थात ४८४ रुपैयाँ ८० पैसासम्म कारोबार रेञ्ज प्रदान गरेको छ ।

कम्पनीले फागुन ६ देखि १४ गतेसम्म शेयर निष्काशन गरि ४४ लाख ३४ हजार ६९५ कित्ता शेयर सर्वसाधारणमा र आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ७ लाख ८५ हजार ३०५ कित्ता र सामूहिक लगानी कोषका लागि ६० हजार कित्ता शेयर गरि कूल ५२ लाख ८० हजार कित्ता शेयर फागुन २२ गते बाँडफाँड गरेको थियो ।

शिवमले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि प्रिमियम सहित प्रतिकित्ता २०० रुपैयाँ र सर्वसाधारणका लागि प्रतिकित्ता ३०० रुपैयाँको दरले प्राथमिक शेयर निष्काशन गरेको थियो।शिवम् उत्पादनमूलक कम्पनीबाट प्रिमियम मूल्यमा साधारण शेयर जारी गरेको पहिलो सिमेन्ट कम्पनी हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।