logo

शिवम् सिमेन्टको शेयर मूल्य एक महिनामै सय रुपैयाँ घट्यो, नाफा घटेपछि शेयर निरन्तर ओरालो

    1186   पटक पढिएको

१९ मंसिर / अर्थ र व्यापार - शिवम् सिमेन्टको नाफा घटेपछि शेयर मूल्य लगातार घटेको छ। एक महिनामा दोस्रो बजारको कारोबारमा कम्पनीका शेयर धनीले प्रति कित्ता करिब एक सय रुपैयाँ गुमाएका छन् ।

गत कात्तिक १८ गते चार सय ८३ रुपैयाँ प्रति कित्तामा कारोबार भएको कम्पनीको शेयर मंसिर १८ मा तीन सय ८४ रुपैयाँमा झरेको छ। गत कात्तिक २९ मा प्रकाशित वित्तीय विवरणमा नाफा ४६.५२ प्रतिशतले घटेपछि शेयर मूल्य घटेको हो। वित्तीय विवरण प्रकाशित हुनु अघि कम्पनीको दोस्रो बजारमा ४८३.८४ रुपैयाँमा शेयर कारोबार हुँदै आएको थियो।

तर विवरण प्रकाशित भएपछि पहिलो कारोबारमा मूल्य एकै चोटि ४८ रुपैयाँले घटेर चार सय ३३ रुपैयाँमा झरेको थियो। कम्पनीको नाफा भने ४६.५२ प्रतिशतले घटेर १९ करोड ८६ लाख रुपैयाँमा खुम्चिएको छ। गत वर्षको सोही अवधिमा उसले ३७ करोड १४ लाख रुपैयाँ नाफा गरेको थियो ।

कम्पनीको शेयर पूँजी चार अर्ब ४० करोड रुपैयाँ छ। जगेडा कोषमा तीन अर्ब ४३ करोड रुपैयाँ छ। शेयर प्रिमियम भने ९४ करोड दुई लाख रुपैयाँ छ। प्रति शेयर आम्दानी १८ रुपैयाँ छ। प्रति शेयर नेटवर्थ १९९ रुपैयाँ छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।