logo

एनएमबि बैंकको बिहीबारदेखि शेयर कारोबार खुल्यो, ओमका शेयरधनीलाई एक वर्षपछि राहत

    1617   पटक पढिएको

२१ कात्तिक ÷ अर्थ र व्यापार

एनएमबि बैंकको ओम डेभलपमेन्ट बैंकसँग मर्जर गरेर एकीकृत कारोबार थालेको करिब डेढ महिना पश्चात कार्तिक २१ गते बिहीबारदेखि नेप्सेमा शेयर कारोबार खुला भएको छ।

नेप्सेमा बुधबार ओमतर्फको १ करोड ९१ लाख १५ हजार ७९० कित्ता शेयर स्वाप रेसियो अनुसारको समायोजन गरि एनएमबि बैंकको नाममा सूचीकरण भएसँगै बिहीबारदेखि नेप्सेमा (साबिकको ओमका शेयरधनीको पनि) एनएमबि बैंकको नाममा शेयर कारोबार खुला भएको हो ।
नेपाल स्टक एक्सचेञ्जमा मर्जरपछि बिहीबारबाट दुबै बैंकको एनएमबि बैंकको नामबाट (ल्ःद्य) संकेतमा शेयर कारोबार खुलेको हो। मर्जरपश्चात बैंकको पहिलो शेयर कारोबारको लागी नेपाल स्टक एक्सचेञ्जले ३५१ रुपैयाँको कारोबार रेञ्ज प्रदान गरेको छ। सोहि रेञ्जलाई आधार मानेर बिहीबार बैंकको शेयर कारोबार खुल्नेछ ।

एनएमबि बैंकको ओम डेभलपमेन्ट बैंकसँग मर्जरमा जानुअघि प्रतिकित्ता ३८२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। उता ओम डेभलपमेन्ट बैंकको भने चौध महिनाअघि प्रतिकित्ता १९७ रुपैयाँमा शेयर कारोबार रोकिएको थियो ।

एनएमबि र ओम १०० बराबर ७६ अनुपात स्वाप रेसियोमा मर्ज गरेका हुन् ।जसअनुसार ओमको १०० कित्ता शेयर हुने लगानीकर्ताले एनएमबिको ७६ कित्ता शेयर पाएका छन् । एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकले असोज ११ गते शनिबारदेखि एनएमबी बैंकको नामबाट एकीकृत कारोबार शुरु गरेका थिए ।

एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंक मर्ज भएपछि बनेको विहीबारदेखि शेयर कारोबार खुल्ने भएको छ ।  उता मर्जर तथा प्राप्ति प्रक्रियाका संलग्न रहेको कारण चौध महिनादेखि शेयर कारोबार रोकिएको ओम डेभलपमेन्ट बैंकका शेयरधनीले पनि आफ्नो बन्धक सम्पत्तिको कारोबार गर्न पाउँदा राहत पाएका छन् ।

सुरुमा प्राइम बैकसँग प्राप्ती प्रकृयामा सम्झौता गरेसँगै ओम डेभलपेमन्ट बैंकको अन्तिम पटक ०७५ भदौ ३ गते नेप्सेमा कारोबार रोकिएको थियो। प्राइमसँगको सम्झौता सफल नभएपछि एनएमबिले ओमसँग गत जेठ २ गते मर्जर सम्झौता गरेको थियो। जेठ ५ गते कारोबार रोकिएको एनएमबि बैंकको भने साढे ५ महिना पश्चात कारोबार खुलेको हो ।

एकीकृत बैंकको चुक्ता पूँजी चुक्ता पूँजी ११ अर्ब ५२ करोड ९७ लाख रुपैयाँ पुगेको छ । बैंकमा नेदरल्याण्ड्सको एफएमओको २० प्रतिशत स्वामित्व रहेको छ । मर्जरअघि एनएमबी बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड ८१ लाख रुपैयाँ र ओमको २ अर्ब ५१ करोड ५१ लाख रुपैयाँ रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।