logo

अर्थमन्त्री नफेरिएपछि शेयर बजारमा ७ अंकको गिरावट

    1455   पटक पढिएको

 ५ मंसिर / अर्थ र व्यापार - अर्थमन्त्री नरुचाएको शेयर बजारले अर्थमन्त्रीको निरन्तरता सँगै बिहीबार शेयर बजार थप ओरालो झरेको छ । बुधबार प्रधानमन्त्री केपि शर्मा वलीले ९ जना मन्त्रीहरुलाई परिवर्तन गर्दा अर्थमन्त्री डा. युवराज खतिवडालाई भने निरन्तरता दिएका छन् ।

खतिवडा हट्ने समाचारले बढ्ने र निरन्तरता पाउने समाचारले घट्ने शेयर बजार बिहीबार कारोबार सुरु भएदेखि नै ओरालो झर्ने क्रममा ७.७४ अंकले झरेको छ ।

सूचक ११२०.६० अंकमा रोकिएको छ । सूचकमा आएको गिरावटले कारोबार रकम २९ करोड ७७ लाख रुपैयाँमा खुम्चिएको छ । व्यापार अन्य र म्युचुअल फण्डको सूचकमा सामान्य सुधार देखिए पनि बाँकी सूचक घटेका छन्।
बजारलाई असर पुर्याउने कुनै पनि नकारात्मक आर्थिक सूचक छैनन्। सूचीकृत कम्पनी सबैको नाफा लगभग बढ्दो क्रममा छ। नाफा बढाएका तथा राम्रो लाभांश घोषणा गरेका कम्पनीले पनि राम्रो मूल्य भने पाउन सकेका छैनन्।

बम्पर लाभांश घोषणा गरेको एनएमबी बैंकको अधिकतम कारोबार हुने क्रमले निरन्तरता पाएको छ। एनएमबीको मात्रै चार करोड ३० लाख रुपैयाँको खरिद बिक्री भएको छ।

त्यस्तै दोस्रोमा नेपाल बैंकको दुई करोड रुपैयाँको करोबार भएको छ । २२ वर्ष पछि २५ प्रतिशत लाभांश दिएपनि नेपाल बैंकको शेयर मूल्य भने बिहीबार थप तीन रुपैयाँले घटेर ३१४ रुपैयाँमा कारोबार भएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।