logo

नेप्से कार्यालय अगाडी आमरण अनशन , माग सम्बोधन नभएको आरोप

    1758   पटक पढिएको

२ पुस /अर्थ र व्यापार  - आफूहरुले उठाएको १४ बुँदै मागमा सरकारले सम्बोधनको नाममा छलफलमा बोलाएर जालझेल गरेको आरोप लगाउँदै शेयर लगानीकर्ताको दबाब समूहबाट सोमबार ११ बजेदेखि नेप्से कार्यालय अगाडि संयोजक समेत रहेका हरि ढकाल र तिलक कोइराला  आमरण अनशनमा बस्ने भएका छन् ।

सरकारले आफ्ना मागहरू सुनुवाइ गर्नुको साटो वार्ताका नाममा भड्काउने काम गरेकाले बाध्य भएर आमरण अनशन बस्नुपरेको उनीहरुको भनाई छ । आमरण अनशन सँगै हाल जारी रिले अनशनलाई पनि निरन्तरता दिइने दबाब समूहले जनाएको छ । शुक्रबार दबाब समूहको वार्ता टोली र सरकारी अध्ययन समितिबीच वार्ता भएपनि शनिबार अध्ययन समितिको बैठकमा सामेल नगराएछि सरकारले षडन्यन्त्रपूर्ण काम गरेको आरोप लगाउँदै सोमबारदेखि समूहले आमरण अनशन सुरु गरेको हो ।

आमरण अनसनसँगै उनीहरुले पुस २ गते सोमबारदेखि स्वतस्फूर्त बजार बन्द कार्यक्रम आह्वान गरेको छ । समूहले लगानीकर्तालाई शेयर कारोबार नगर्न आग्रह गर्दै आन्दोलनमा सहयोग गरिदिन आह्वान गरेको छ ।  पूँजी बजार सुधार र विस्तारका लागि मंसिर १४ गते धितोपत्र बोर्डमा १० बुँदै मागपत्र पेश गरेको यो समूह मंसिर २३ गतेदेखि अर्थमन्त्रीको राजीनामाको मुख्य मागसहित १४ बुँदे माग लिएर नेप्से कार्यालय भद्रकाली अगाडि रिले अनसनमा बसेको थियो । शुक्रबार १४ बुँदामध्ये १२ बुँदामा सहमति जनाएको सरकारी वार्ता टोलीले शनिबार वार्तामा बोलाई नेपाल राष्ट्र बैंकको मूल गेटबाटै छिर्न नदिएर षड्यन्त्र भएको भन्दै आफुले उठान गरेका मागका सम्बन्धमा कुनै सम्बोधन नभएपछि लगानीकर्ताहरु पुर्व घोषित कार्यक्रम अनुसार आमरण अनसन बस्ने भएका हुन् ।

आफ्ना मागका सम्बन्धमा अर्थमन्त्रालय र सम्बद्ध निकाय गैरजिम्मेवार भएको लगानीकर्ताको आरोप छ । जसका कारण आफुहरु आमरण अनसनमा बस्न बाध्य भएको दवाब समूहले विज्ञप्तिमा उल्लेख गरेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।