logo

बार्तामा आउन शेयर लगानीकर्तालाई सरकारको आग्रह

    2022   पटक पढिएको

२८ मंसिर /अर्थ र व्यापार  - पूँजी बजार सुधारका लागि भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेपसे) कार्यालय अगाडि रिले अनशनमा बसेका लगानीकर्तालाई सरकारले बार्तामा बोलाएको छ । 

लगातार अनशनमा बसेका लगानीकर्तालाई सरकारले शुक्रवार बार्तामा बोलाएको पूँजी बजार लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए । वार्ताका लागि दबाब समूहका तर्फबाट उत्तम अर्याल, तारा फुलेल, दिपेन्द्र अग्रवाल, शुस्मा ढुङ्गाना र तिलक कोइराला सहभागी भएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा कार्यदल बनाएका थिए । कार्यदलले आइतबार मन्त्री खतिवडालाई प्रतिवेदन बुझाउँदैछ ।

प्रतिवेदनलाई अन्तिम रुप दिनुअघि कार्यदलका एक सदस्य मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीसँग आन्दोलनकारी वार्तामा गएका हुन् । लगानीकर्ताको तर्फबाट कार्यदलमा इन्भेष्टर फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेले छन् । अहिले बार्ता चलिरहेको अर्यालले जानकारी दिए । गत आइतबारदेखि पूँजी बजारको सुधारका लागि १४ बुँदे माग राख्दै दबाब समूहले रिले अनशन गरिरहेको छ । माग पूरा नभए पुस १ गतेदेखि आमरण अनशन बस्ने चेतावनी दबाब समूहले दिएको थियो ।
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।