logo

नेप्से सुचक ओरालो लाग्दा कारोबार रकममा सुधार

    1146   पटक पढिएको

६ माघ/ अर्थ र व्यापार - साताको पहिलो दिन आइतबार शेयर बजारमा गिरावट आएको छ । तर अघिल्लो दिनको कारोबार रकमको तुलनामा भने कारोबार रकम सुधार भएको छ । बिहिबार २६ करोड ७७ लाख रुपैयाँको कारोबार भएको बजार आइतबार भने ३६ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

अपर तामाकोशीको मात्रै २३ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यो कूल कारोबारको झण्डै ६४ प्रतिशत कारोबार हो । आज नेप्से ८.६० अंकले घटेर ११७९.१७ बिन्दुमा झरेको छ । यस दिन १४३ कम्पनीका ११ लाख ५३ हजार ७३ कित्ता शेयर ३६ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

आज कारोबारमा आएका ११ उपसूचक मध्ये होटल्स, व्यापार, फाइनान्स समुहको सुचक बाहेक सबै ऋणात्मक देखिएको छ । आइतबार सबै भन्दा धेरै होटल्स समुहको सुचक ५.५४ अंकले बढेको छ । यस्तै ब्यापार २.८७ र फाइनान्स समुहको सुचक १.६१ अंकले सुधार भएका छन् ।

यस दिन निर्जीवन बीमाको सुचक सबै भन्दा धेरै ३७.६७ अंकले घटेको छ । जीवन बीमा ३६.३४, जलविद्युत ३६.५९ अंकले ऋणात्मक देखिए । यस्तै विकास बैंक ११.१७, माइक्रोफाइनान्स १०.५९, अन्य ८.३६, उत्पादन तथा प्रशोधन ५.०८, बैंकिङ्ग ५.०५ अंकले ओलारो लागेका छन् ।

आइतबार अपर तामाकोशीको सबै भन्दा धरै रकमको कारोबार भएको छ । तामाकोशीको २३ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । यस्तै नागरिक लगानी कोषको २ करोड ८१ लााख रुपैयाँ बराबरको कारोबार भयो । छिमेक लघुवित्तको पनि १ लाख ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बाँकी कुनै कम्पनीको शेयर कारोबार रकम करोड नाघ्न सकेन ।
यस दिन सबै भन्दा धेरै नेशनल माइक्रोफाइनान्सको शेयर मुल्य ६.०९ प्रतिशतले बढेको छ ।

यस्तै आजको कारोबारबाट श्रीराम सुगर मिलका शेयरधनीले ४.९३ मेरो माइक्रोफाइनान्सको ३.९४, छ्याङ्दी हाइड्रोपावर ३.८८ प्रतिशतले कमाएका छन् ।अधिक कारोबार भएको नागरिक लगानी कोष र अपर तामाकोशी गुमाउने कम्पनीको शिर्ष सुचिमा छ । बजार खुलेको ५ मिनेटमा सर्किट ब्रेक गरेको तामाकोशीको शेयर मुल्य ६.१० प्रतिशतले घटेको छ । आजको बजारबाट भने सबै भन्दा धेरै नागरिक लगानी कोषका लगानीकर्ताहरुले ६.३३ प्रतिशतले गुमाए ।

यस्तै ग्रामिण विकास लघुवित्तका ५.२५, नागबेली लघुवित्तको ४.४५, संग्रिला विकास बैंक शेयर मुल्य ४.०२ प्रतिशतले घटेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।