logo

नेप्से सुचक ओरालो लाग्दा कारोबार रकममा सुधार

    1428   पटक पढिएको

६ माघ/ अर्थ र व्यापार - साताको पहिलो दिन आइतबार शेयर बजारमा गिरावट आएको छ । तर अघिल्लो दिनको कारोबार रकमको तुलनामा भने कारोबार रकम सुधार भएको छ । बिहिबार २६ करोड ७७ लाख रुपैयाँको कारोबार भएको बजार आइतबार भने ३६ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

अपर तामाकोशीको मात्रै २३ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यो कूल कारोबारको झण्डै ६४ प्रतिशत कारोबार हो । आज नेप्से ८.६० अंकले घटेर ११७९.१७ बिन्दुमा झरेको छ । यस दिन १४३ कम्पनीका ११ लाख ५३ हजार ७३ कित्ता शेयर ३६ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

आज कारोबारमा आएका ११ उपसूचक मध्ये होटल्स, व्यापार, फाइनान्स समुहको सुचक बाहेक सबै ऋणात्मक देखिएको छ । आइतबार सबै भन्दा धेरै होटल्स समुहको सुचक ५.५४ अंकले बढेको छ । यस्तै ब्यापार २.८७ र फाइनान्स समुहको सुचक १.६१ अंकले सुधार भएका छन् ।

यस दिन निर्जीवन बीमाको सुचक सबै भन्दा धेरै ३७.६७ अंकले घटेको छ । जीवन बीमा ३६.३४, जलविद्युत ३६.५९ अंकले ऋणात्मक देखिए । यस्तै विकास बैंक ११.१७, माइक्रोफाइनान्स १०.५९, अन्य ८.३६, उत्पादन तथा प्रशोधन ५.०८, बैंकिङ्ग ५.०५ अंकले ओलारो लागेका छन् ।

आइतबार अपर तामाकोशीको सबै भन्दा धरै रकमको कारोबार भएको छ । तामाकोशीको २३ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । यस्तै नागरिक लगानी कोषको २ करोड ८१ लााख रुपैयाँ बराबरको कारोबार भयो । छिमेक लघुवित्तको पनि १ लाख ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बाँकी कुनै कम्पनीको शेयर कारोबार रकम करोड नाघ्न सकेन ।
यस दिन सबै भन्दा धेरै नेशनल माइक्रोफाइनान्सको शेयर मुल्य ६.०९ प्रतिशतले बढेको छ ।

यस्तै आजको कारोबारबाट श्रीराम सुगर मिलका शेयरधनीले ४.९३ मेरो माइक्रोफाइनान्सको ३.९४, छ्याङ्दी हाइड्रोपावर ३.८८ प्रतिशतले कमाएका छन् ।अधिक कारोबार भएको नागरिक लगानी कोष र अपर तामाकोशी गुमाउने कम्पनीको शिर्ष सुचिमा छ । बजार खुलेको ५ मिनेटमा सर्किट ब्रेक गरेको तामाकोशीको शेयर मुल्य ६.१० प्रतिशतले घटेको छ । आजको बजारबाट भने सबै भन्दा धेरै नागरिक लगानी कोषका लगानीकर्ताहरुले ६.३३ प्रतिशतले गुमाए ।

यस्तै ग्रामिण विकास लघुवित्तका ५.२५, नागबेली लघुवित्तको ४.४५, संग्रिला विकास बैंक शेयर मुल्य ४.०२ प्रतिशतले घटेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।