logo

इवा खोलाको सेयर खुल्यो

    1634   पटक पढिएको

२ असार / अर्थ र व्यापार - पाँचथर र ताप्लेजुङ बासिन्दाका लागि निर्माणाधीन इवा खोला जलविद्युत् आयोजनाको सेयर खुला गरिएको छ । नौ दशमलव नौ मेगावाटको सो आयोजनाबाट प्रभावितका लागि लागत पुँजीको १० प्रतिशत सेयर खुला गरिएको हो ।
 दश प्रतिशत अर्थात् रु १०० प्रतिकित्ताका दरले ५६ लाख कित्ताबाट हुन आउने रकम रु पाँच करोड ६० लाख बराबरको सेयर ताप्लेजुङ तथा पाँचथरवासीका लागि खुल्ला गरिएकामा २२ लाख ४० हजार कित्ता साविक थर्पु तथा साव्लाखुवासीका लागि र बाँकी ३३ लाख ६० हजार कित्ता ताप्लेजुङ र पाँचथर जिल्लाका लागि छुट्याइएको छ ।

फिदिममा रहेका माछापुच्छ्रे«, एनआइसी एसिया, एनएमबी, सिभिल बैंक तथा पाँचथर थर्पुमा सिभिल बैंकमा सेयर फारम भरी रकम जम्मा गर्न सकिने छ । ताप्लेजुङमा एनएमबी बैंकमा जम्मा गर्न सकिनेछ । विसं २०७४ असार ८ गतेसम्म सेयर बिक्री खुल्ला गरिएकामा प्रस्तावित रकम जम्मा हुन नसके असार २३ गतेसम्म जारी राख्ने छ ।

इवा खोला आयोजनाको निर्माण कार्य ५० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ । सो आयोजना ताप्लेजुङ तथा पाँचथर जिल्लाको सिमाना भएर बहने इवा खोलाको बायाँ किनारा साविक पाँचथर जिल्लाको थर्पु गाविस तथा ताप्लेजुङ जिल्लाको साब्लाखु गाविसमा पर्छ ।

आयोजनाले इवाखोलाबाट अधिकतम १२ दशमलव तीन क्युविक मिटर प्रतिसेकेन्ड पानी उपयोग गरी नौ दशमलव नौ मेगावाट क्षमताको विद्युत्शक्ति उत्पादन गर्नेछ । यो आयोजनाबाट उत्पादन भएको विद्युत् नेपाल विद्युत् प्राधिकरणको अमरपुर सवस्टेसनसम्म पु¥याइनेछ ।

अमरपुर सवस्टेसनबाट राष्ट्रिय ग्रिड प्रणालीमा विद्युत् समाहित हुनेछ । यस आयोजनामा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २५ प्रतिशत, स्थानीय प्रभावितको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र बाँकी ५० प्रतिशत सञ्चालक तथा संस्थापक सेयरधनीको लगानी रहनेछ । यो आयोजनको निर्माण २०७४ माघ मसान्तभित्र सम्पन्न गरिसक्ने छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।