logo

इवा खोलाको सेयर खुल्यो

    1274   पटक पढिएको

२ असार / अर्थ र व्यापार - पाँचथर र ताप्लेजुङ बासिन्दाका लागि निर्माणाधीन इवा खोला जलविद्युत् आयोजनाको सेयर खुला गरिएको छ । नौ दशमलव नौ मेगावाटको सो आयोजनाबाट प्रभावितका लागि लागत पुँजीको १० प्रतिशत सेयर खुला गरिएको हो ।
 दश प्रतिशत अर्थात् रु १०० प्रतिकित्ताका दरले ५६ लाख कित्ताबाट हुन आउने रकम रु पाँच करोड ६० लाख बराबरको सेयर ताप्लेजुङ तथा पाँचथरवासीका लागि खुल्ला गरिएकामा २२ लाख ४० हजार कित्ता साविक थर्पु तथा साव्लाखुवासीका लागि र बाँकी ३३ लाख ६० हजार कित्ता ताप्लेजुङ र पाँचथर जिल्लाका लागि छुट्याइएको छ ।

फिदिममा रहेका माछापुच्छ्रे«, एनआइसी एसिया, एनएमबी, सिभिल बैंक तथा पाँचथर थर्पुमा सिभिल बैंकमा सेयर फारम भरी रकम जम्मा गर्न सकिने छ । ताप्लेजुङमा एनएमबी बैंकमा जम्मा गर्न सकिनेछ । विसं २०७४ असार ८ गतेसम्म सेयर बिक्री खुल्ला गरिएकामा प्रस्तावित रकम जम्मा हुन नसके असार २३ गतेसम्म जारी राख्ने छ ।

इवा खोला आयोजनाको निर्माण कार्य ५० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ । सो आयोजना ताप्लेजुङ तथा पाँचथर जिल्लाको सिमाना भएर बहने इवा खोलाको बायाँ किनारा साविक पाँचथर जिल्लाको थर्पु गाविस तथा ताप्लेजुङ जिल्लाको साब्लाखु गाविसमा पर्छ ।

आयोजनाले इवाखोलाबाट अधिकतम १२ दशमलव तीन क्युविक मिटर प्रतिसेकेन्ड पानी उपयोग गरी नौ दशमलव नौ मेगावाट क्षमताको विद्युत्शक्ति उत्पादन गर्नेछ । यो आयोजनाबाट उत्पादन भएको विद्युत् नेपाल विद्युत् प्राधिकरणको अमरपुर सवस्टेसनसम्म पु¥याइनेछ ।

अमरपुर सवस्टेसनबाट राष्ट्रिय ग्रिड प्रणालीमा विद्युत् समाहित हुनेछ । यस आयोजनामा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २५ प्रतिशत, स्थानीय प्रभावितको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र बाँकी ५० प्रतिशत सञ्चालक तथा संस्थापक सेयरधनीको लगानी रहनेछ । यो आयोजनको निर्माण २०७४ माघ मसान्तभित्र सम्पन्न गरिसक्ने छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।