logo

शेयर बजारमा सामान्य अंकको सुधार,२५ लाख २० हजार कित्ता शेयर खरिद बिक्री

    1617   पटक पढिएको

२४ बैशाख /अर्थ र व्यापार - मंगलबार शेयर बजारमा नेप्से परिसूचक १.८७ अङ्कले बढेर १३०१.२८ अङ्कमा पुगेको छ । गत सोमबार १३१०.३१ अंकमा रहेको बजार लगातार घटेर आइतबार १२७७ अङ्कसम्म ओर्लिएको थियो । गएको दुई कारोबार दिनमा बजारमा आएको सुधारले सूचकलाई १३ सय अंकमाथि उक्लिन टेवा दिएको हो ।   

मंगलबार बजारले सुरुवाती १० मिनेट घट्दो सङ्केत दिएको थियो । तर त्यसपछि बजारमा खरिदकर्ताले शेयर खरिद आदेश बढाएसँगै सूचक माथि उक्लिन थालेको थियो । कारोबारको २२ मिनेटमा १२ अङ्कले बढेको बजारले वृद्धि भने थाम्न सकेन। बजारमा सुधार देखिए लगत्तै अल्पकालीन लगानीकर्ताले भटाभट नाफा सुरक्षित गर्न थालेपछि जसरी बढेको बजार त्यसैगरी घट्यो ।

मंगलबार १७६ कम्पनीका २५ लाख २० हजार कित्ता शेयर खरिद बिक्री भयो । बजार घटेको बेलामा पर्याप्त लगानीकर्ताले खरिद बिक्री बढाउँदा समग्र कारोबार ७२ करोड रुपैयाँ माथि उक्लिएर बन्द भएको हो । लगानीकर्ताले मंगलबार एनसिसि बैंक र शिवम् सिमेन्टको शेयर सबैभन्दा बढी खरिद बिक्री गरे । एनसिसिको पाँच करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भयो भने सिभम्को ४ करोड ९० लाख रुपैयाँको शेयर किनबेच भयो ।

उसपसूचक मिश्रित देखिए । १० समूहको कारोबारमा आठ समूहको उपसूचक बढ्यो भने दुई समूह घटेका छन् । वाणिज्य बैंक र वित्तीय संस्थाको उपसूचक घटेको छ । पछिल्लो समय बजार बढेका बेला लगानीकर्ताले वाणिज्य बैंकको शेयर खरिद बढाएका थिए । निश्चित अवधिमा अल्पकालीन लगानीकर्ताले नाफा बुक गर्दा वाणिज्य बैंक समूहको उपसूचक घटेको हो ।      
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।