logo

शेयर बजारमा सामान्य अंकको सुधार,२५ लाख २० हजार कित्ता शेयर खरिद बिक्री

    1369   पटक पढिएको

२४ बैशाख /अर्थ र व्यापार - मंगलबार शेयर बजारमा नेप्से परिसूचक १.८७ अङ्कले बढेर १३०१.२८ अङ्कमा पुगेको छ । गत सोमबार १३१०.३१ अंकमा रहेको बजार लगातार घटेर आइतबार १२७७ अङ्कसम्म ओर्लिएको थियो । गएको दुई कारोबार दिनमा बजारमा आएको सुधारले सूचकलाई १३ सय अंकमाथि उक्लिन टेवा दिएको हो ।   

मंगलबार बजारले सुरुवाती १० मिनेट घट्दो सङ्केत दिएको थियो । तर त्यसपछि बजारमा खरिदकर्ताले शेयर खरिद आदेश बढाएसँगै सूचक माथि उक्लिन थालेको थियो । कारोबारको २२ मिनेटमा १२ अङ्कले बढेको बजारले वृद्धि भने थाम्न सकेन। बजारमा सुधार देखिए लगत्तै अल्पकालीन लगानीकर्ताले भटाभट नाफा सुरक्षित गर्न थालेपछि जसरी बढेको बजार त्यसैगरी घट्यो ।

मंगलबार १७६ कम्पनीका २५ लाख २० हजार कित्ता शेयर खरिद बिक्री भयो । बजार घटेको बेलामा पर्याप्त लगानीकर्ताले खरिद बिक्री बढाउँदा समग्र कारोबार ७२ करोड रुपैयाँ माथि उक्लिएर बन्द भएको हो । लगानीकर्ताले मंगलबार एनसिसि बैंक र शिवम् सिमेन्टको शेयर सबैभन्दा बढी खरिद बिक्री गरे । एनसिसिको पाँच करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भयो भने सिभम्को ४ करोड ९० लाख रुपैयाँको शेयर किनबेच भयो ।

उसपसूचक मिश्रित देखिए । १० समूहको कारोबारमा आठ समूहको उपसूचक बढ्यो भने दुई समूह घटेका छन् । वाणिज्य बैंक र वित्तीय संस्थाको उपसूचक घटेको छ । पछिल्लो समय बजार बढेका बेला लगानीकर्ताले वाणिज्य बैंकको शेयर खरिद बढाएका थिए । निश्चित अवधिमा अल्पकालीन लगानीकर्ताले नाफा बुक गर्दा वाणिज्य बैंक समूहको उपसूचक घटेको हो ।      
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।