logo

निक्षेपको ब्याज बढाउन थालेपछि शेयर बजार २२ अंकले घट्यो

    1228   पटक पढिएको

१९ मंसिर /अर्थ र व्यापार -  बैंकहरुले व्यक्तिगत निक्षेपको ब्याज बढाउन थालेपछि शेयर बजारमा पहिरो गएको छ । बुधबार शेयर बजार २२.८० अंकले घटेको छ । गत कार्तिक ७ गतेदेखि शेयर बजार घटिरहेको छ। यस अवधिमा शेयर बजार १३१ अंकले घटिकसेको छ । बुधबार एकै दिन शेयर बजार २ प्रतिशतले घटेको हो । 

बजार दोहोरो अंकले गिरावट भए पनि कारोबार भने ३७ करोड ७२ लाख रुपैयाँको भएको छ । कारोबार सुरु भएदेखि लगातार घट्दा सम्पुर्ण सूचक तथा उपसूचक रातो देखिएका छन् । सबैभन्दा धेरै नेपाल बैंकको तीन करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ । 

बजार घटिरहदा हाथ्वे फाइनान्सका शेयरधनीले भने सबैभन्दा धेरै ५.७७ प्रतिशतले कमाएका छन् । त्यस्तै राधी विद्युतका शेयरधनीले ६.८९ प्रतिशतले गुमाएका छन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले ऋणको व्याजदर घटाउने भनिरँहदा उल्टै बढाउने संकेत देखाएपछि बजार घटेको हो । बजार यसरी नियमित गिरावट हुँदा पनि सरकार र नेपाल राष्ट्र बैंक चुप हुँदा लगानीकर्ताले अर्बौ रुपैयाँ गुमाउनु परेको बजार विश्लेषक प्राडा मनोज कृष्ण श्रेष्ठले बताए । 

बजार घटिरहँदा बजार निर्माता तयार पार्ने तथा लगानीकर्तालाई बजार प्रति आस्वस्था पार्न नसक्दै सरकारले आफ्नो भ्यालु आफैले गुमाएको उनको विश्लेषण छ । अर्थमन्त्रीले बजारप्रति सधै नकारात्मक धारणा व्यक्त गर्ने भन्दा पनि बजारलाई सकारात्मक सन्देश प्रवाह गर्न सक्नु पर्ने उनले बताए ।  अनलाइन प्रणाली आएसँगै शेयर बजारमा सुधार आउने अपेक्षा गरिएकोमा अनलाइन प्रणालीमै धेरै समस्या आउँदा बजार सुधार हुन नसकेको लगानीकर्ताको आरोप छ ।  


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।