logo

साताको पहिलो दिन शेयर बजार पुन घट्यो, ११ लाख ६३ हजार कित्ता शेयर ३७ करोड २९ लाख रुपैयाँमा कारोबार

    1244   पटक पढिएको

२९ पुस /अर्थ र व्यापार - कारोबारमा आएका धेरैजसो उपसूचक घटेपछि साताको पहिलो दिन आइतबार शेयर बजार पून घटेको छ । कारोबारमा आएका १० समूहमा आठ समूहको उपसूचक घटेपछि अघिल्लो र गत साताको झैँ यस सातापनि शेयर बजारको साप्ताहिक कारोबारको सुरुवात घटेर भएको छ । गएको दुई सातादेखि साताको पहिलो दिन आइतबार शेयर बजार घट्दै आएकोमा यस सातापनि सोही क्रमले निरन्तरता पाएको हो । 

आइतबार नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ५.७८ अङ्कले घटेर ११७५.०५ अंकमा ओर्लिएको छ । सेन्सेटिभ सूचक १.२३ अंकले घटेर २४९.४२ अंकमा ओर्लिएको छ । आइतबार कारोबारको सुरु देखिनै शेयर बजार घटेको थियो । कारोबारको पहिलो दुईघण्टा बजारमा सामान्य गिरावट देखिएको भएपनि तेस्रो घण्टामा समेत गिरावटले निरन्तरता पाउँदा सूचक थप खस्कियो। अन्तिम आधा घण्टामा बजार केही सम्हालिन खोजेको भएपनि त्यसले निरन्तरता पाउन सकेन र अन्तमा बजार पाँच अंक खुम्चिँदै बन्द भएको हो । बजार उकालो लाग्छ भन्ने पूर्ण आत्मविश्वास लगानीकर्तामा नहुँदा शेयर बजार घटेको नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष तुलसीराम ढकालले बताए । 

ठूला लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् भने साना लगानीकर्ताले अल्पकालीन कारोबारलाई बढी प्राथमिकता दिँदा शेयर बजारले एउटा निश्चित लय समात्न नसकेको ढकालको भनाई छ। बजारमा ब्याजदर, तरलता र आपूर्तिले लगानीकर्ताको मनोबल उठ्न नदिएको ढकालको भनाइ छ । आइतबार १५८ कम्पनीका ११ लाख ६३ हजार कित्ता शेयर ३७ करोड २९ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दाबढी नेपाल बैंकको ११ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भयो ।

उपसूचक मिश्रित देखिएका छन् । १० समूहको कारोबारमा दुई समूह बढेका छन् भने अरू सबै उपसूचक घटेका छन् । सबैभन्दाबढी निर्जीवन बीमा समूह १.२६ प्रतिशतले घटेको छ । अन्य ०.३९ प्रतिशतले बढ्यो । वोमि माइक्रोफाइनान्सका शेयरधनीले करिब १० प्रतिशत कमाए । भार्गव विकास बैंकका शेयरधनीले करिब ६ प्रतिशत गुमाए ।

   


 
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।