logo

शेयर बजारमा २७.८८ अंकको गिरावट, सोमबार ४० करोड ३ लाख रुपैयाँ बराबरको कारोबार

    2040   पटक पढिएको

१६ पुस /अर्थ र व्यापार - गत साता ४९ अंकले बढेको शेयर बजार परिसूचकमा आइतबारपछि साताको दोस्रो दिन सोमबार पनि गिरावट आउँदा २७.८८ अंकको करेक्शन देखिएको छ । आइतबार दोहोरो अंकले घटेको नेप्से सूचकले सोमबार पनि निरन्तरता पाएको हो ।

शेयर बजारका लगानीकर्ताहरु स्थीर हुन नसक्दा र बजारमा अल्पकालीन कारोबारीको हाबीका कारण सूचक माथि जान खोजेपनि सकिरहेको छैन । बजार अलिकति माथि जाने वित्तीकै पाकेको नाफा सुरक्षित गर्नतर्फ लगानीकर्ताको जोडबल हुँदा सूचक निरन्तर दबाबमा पर्दै आएको छ । सोमबार पनि बजार परिसूचक नेप्से १७.२६ अंकले घटेर ११८७.२८ बिन्दुमा झरेको छ । साथै कारोबार रकममा पनि आइतबारको तुलनामा थप पाँच करोड ३९ लाख रुपैयाँले कमी आएको छ । बजार खुलेको करिब १४ मिनेट मात्र सकारात्मक रहेको बजार त्यसपछि माथि चढ्न सकेन र निरन्तर घट्दै उच्च अंकले घट्न पुग्यो । सोमबार १६७ कम्पनीका ११ लाख ७९ हजार ४३ कित्ता शेयर ४० करोड ३ लाख रुपैयाँ बराबरमा किनबेच भएका छन् । आइतबार १०.६२ अंकले घटेको बजारमा ४५ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

यस दिन ‘क’ वर्गका कम्पनीको सूचक मापन गर्ने सन्सेटिभ इन्डेक्स ३.८४ अंकले घटेर २५२.१७ बिन्दुमा झरेको छ । कारोबारमा आएका उपसूचक मिश्रीत देखिएका छन् । तीनवटा सूचकमा हरियाली छाएको छ भने सात सूचक ऋणात्मक बनेको छ । १० उप सूचक मध्ये उत्पादन तथा प्रशोधन, हाइड्रोपावर र फाइनान्स समुह सकारात्मक देखिए । सबै भन्दा धेरै उत्पादन तथा प्रशोधन समुहको ७.१३ अंकले बढेको छ । यस्तै हाइड्रोपावरको ६.९५ र फाइनान्स १.३९ अंकले सुधारिएका छन् ।

यस दिन सबैभन्दा धेरै निर्जीवन बीमा समुहको १६०.२३ अंकले घटेको छ । जीबन बीमा समुहको उप सूचक पनि १५३ अंकले ओरालो लागेको छ । यस्तै माइक्रोफाइनान्स २३.५८, होटल १९.२७, बैंकिङ्ग १४.९४, विकास बैंक १३, अन्य समुहको १०.४८ अंकले ओरालो लागेका छन् ।

सोमबार नेशनल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै रकमको शेयर कारोबार भएको छ । इन्स्योरेन्सको २ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । यस्तै नेपाल बैंक लिमिटडको २ करोड ३८ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ३१ लाख, छिमेक लघुवित्तको १ करोड ९७ लाख र एनएमबी बैंकको १ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स, नागरिक लगानी कोष, प्राइम लाइफ इन्स्योरेन्सको एक करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । यस्तै एनसीसी बैंकको ९८ लाख र मेगा बैंकको ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।