logo

उच्च ब्याजदरका विज्ञापन प्रकाशन गर्न थालेसँगै शेयर बजारमा सामान्य अंकको वृद्धि

    1650   पटक पढिएको

२० मंसिर /अर्थ र व्यापार - बाणिज्य बैकहरुले व्यक्तिगत निक्षेपमा उच्च ब्याजदरका विज्ञापन प्रकाशन गर्न थालेपछि घट्न थालेको शेयर बजार बिहीबार सामान्य अंकको वृद्धि देखिएको छ । बुधवार फराकिलो अंकले घटेको शेयर बजारमा बिहीबार बृद्धि भएको हो । शेयर बजारको कारोबार मापन गर्ने नेप्से सूचक २.७० अंकले बढेर ११२०.८४ अंकमा उक्लिएको छ । सेन्सेटिभ सूचक ०.५४ अंकले बढेर २३८.३३ अंकमा पुग्यो । बुधवार शेयर सूचक २२.८० अंकले घटेको थियो ।  

कारोबारको सुरुवात देखिनै तीव्र गतिमा घटेको बजारले पहिलो सवा एक घण्टामै नौ अंक गुमाएको थियो । तर ब्याजदरका विषयलाई लिएर अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गठित उच्चस्तरीय वित्तीय समन्वय समितिको बैठकपछि ब्याजदरमा देखिएको अवस्था र शेयर बजारका बारेमा सम्बोधन हुने खबर सार्वजनिक भएपछि शेयर बजारमा सुधार देखिएको इन्भेष्टर फोरमका उपाध्यक्ष तुलसीराम ढकालले जानकारी दिए । लगानीकर्ताको मनोबल घटेको कारण शेयर बजार प्रभावित भएको उनको ठहर छ । बजार न्यूनतम बिन्दुमा झरेकोले यस भन्दा तल झर्ने सम्भावना कम रहेको उनले बताए । उनका अनुसार लगानीकर्ताले अहिलेको बजारमा शेयर खरिद गर्दा खासै ठूलो नोक्सान नपर्ने उनको तर्क छ ।

बिहीबार बजारमा १६२ कम्पनीका १३ लाख ७४ हजार कित्ता शेयर ३७ करोड रुपैयाँमा खरिद बिक्री भयो । सबैभन्दा बढी एनएमबि बैकको चार करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भयो । उपसूचक मिश्रित देखिएको छ । १० समूहको कारोबारमा जलविद्युत् र उत्पादनमूलक क्षेत्रका उपसूचक घटेको छ भने बाँकी समूह बढेका छन् । सबैभन्दा बढी जलविद्युत् ०.८५ प्रतिशतले घट्यो भने जीवन बीमा समूह०.८९ प्रतिशतले बढेको छ । सबैभन्दा बढी आएमइ जनरल इन्स्योरेन्स कम्पनीका शेयरधनीले करिब आठ प्रतिशत कमाए । कालिका लघुबित्त वित्तीय संस्थाका शेयरधनीले करिब आठ प्रतिशतनै गुमाए । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।