logo

सिईओ प्रकरणसंगै सुस्तायो वजार, सोमवार शेयर वजारमा १७.९६ अंकको गिरावट

    1393   पटक पढिएको


२५ आषाढ/अर्थ र व्यापार– गत सोमबारदेखि शेयर बजारलाई सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याउने तयारी गरेको भन्दै एक सातामा ४५ अंकले बढेको शेयर बजार हिजो र आज एकाएक घटेको छ । 

नेपाल सरकारले नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई हटाएर अर्थ उपसचिव रमेश अर्याललाई स्टक एक्सचेन्जमा नियूक्ती गरेपछि सोमवार शेयर वजार १७.९६ अंकले घटेको हो ।   

खुला प्रतिस्पर्धाबाट नियुक्त भएका निवर्तमान सिइओ चन्द्रसिंह साउद लगानीकर्ताप्रति केही उत्तरदायी देखिने क्रममै हटाएर अर्थमन्त्रीले आफ्नो प्रतिनिधि पठाउँदा लगानीकर्ता आत्तिएको बजार विश्लेषकहरुले बताएका छन् ।

सोमबार शेयर बजार सूचक १.४७ प्रतिशतले तल झरेपनि कारोबार रकम भने ४१ करोड ८ लाख रुपैयाँको भएको छ।व्यापार र उत्पादन तथा प्रशोधनको उपसूचक उकालो लागेपनि अन्य सम्पूर्ण सूचक तथा उपसूचक घटेका छन् ।

सोमबार लगानीकर्ताले आत्तिएर शेयर बेच्दा सूचक धेरै नै ओरालो लाग्दा पनि कारोबार रकम भने केही बढेको छ । 

आज सबैभन्दा धेरै एभरेष्ट इन्स्योरेन्स कम्पनीको १४ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ। कन्काइ विकास बैंकका शेयरधनीले सबै भन्दा धेरै ४.६९ प्रतिशतले कमाएका छन् भने साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका शेयरधनीले ६.६६ प्रतिशतले गुमाएका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।