logo

सेयर वजारमा झिनो अंकको वृद्धि

    1252   पटक पढिएको

१७ मंसिर / अर्थ र व्यापार- सोमवार सेयर वजार झिनो अंकले हरियो देखिएको छ । सेयर वजार सुचक ०.९० अंकले बढेर ११३१.७३ अंकमा बन्द भएको छ । सोमवार १५६ कम्पनीका २१ लाख कित्ता शेयर ६३ करोड ७९ लाख रुपैयाँमा कारोबार भएको छ । कुल कारोबारमा नेपाल बैंकको हिस्सा करिव ५० प्रतिशत छ । नेपाल बैंकको मात्र ३२ करोड रुपैयाँको शेयर किनबेच भएको छ । 

नेपाल बैंकका कारण कारोबार रकम उच्च भएपनि शेयर बजारमा सुधारको संकेत भने देखिएको छैन । पहिलो एक घण्टा सूचक सामान्य देखिएको थियो । एक घण्टापछि तीव्र गतिमा बढेको बजारले ११४३ अंकसम्म छोएको थियो । करिब पौने एक घण्टा बढेको बजार त्यसपछि भने बिस्तरै घट्न थालेको थियो । कारोबारको अन्तिम पाँच मिनेट रातो भएको बजारले अन्तिम समयमा झिनो अंकको वृद्धि कायम गरेको हो । 

बजार बढ्न थालेपछि बिक्री गर्नेहरु ह्वात्तै निस्किएका थिए । बजारमा शेयरको आपुर्ति बढेपछि सुचक फेरि ओरालो लागेको थियो । उपसूचक मिश्रित देखिएका छन् । ११ समूहको कारोबारमा सात उपसूचक घटेका छन् भने चार बढेका छन् । सबैभन्दा बढी लघुबित्तको ०.६५ प्रतिशतले घट्यो भने निर्जीवन बिमा समूह १.८४ प्रतिशतले बढेको छ । 

आज विजय लघुबित्तका शेयरधनीले करिब सात प्रतिशत कमाए । रैराङ् हाइड्रो पावरका शेयरधनीले करिब ६ प्रतिशत गुमाए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।