logo

शेयर बजारले गति लिन सकेन, मङ्गलबार नेप्से सूचक १.३६ अङ्कले घटेर ११८५.९१ अंकमा झर्यो

    1256   पटक पढिएको

१७ पुस/ अर्थ र व्यापार - पछिल्लो समय शेयर बजारलाई प्रोत्साहित गर्ने प्रयासहरूले काम नगर्दा शेयर बजार घट्दो क्रममा देखिएको छ । सरकारले मुद्रा बजार र शेयर बजार सुधारकालागि गराएको अध्ययनपछिको सुझाबलाई कार्यान्वयनमा लगेपनि बजारले गति लिन सकेको छैन ।

मंगलबारबाटै नेप्सेले बैंक इन्ट्रिगेसन सहितको अनलाइन कारोबार सुरु गर्यो । तर बजारमा सूचक र कारोबार रकम दुवै घटेको छ । मङ्गलबार नेप्से सूचक १.३६ अङ्कले घटेर ११८५.९१ अंकमा झर्यो । सेन्सेटिभ सूचक  पनि ०.३३ अङ्कले तल झर्दै २५१.८३ अंक कायम भयो । शेयर बजारको सूधारको लागि ब्याजदर घटाउने योजनालाई लगानीकर्ताले अल्पकालीन मान्दा शेयर बजार घटेको इन्भेस्टर फोरमका उपाध्यक्ष तुलसीराम ढकालले बताए ।

कारोबार सुरुवातको एक घण्टा बजार बढ्दो क्रममा देखिएको थियो । करिब आठ अङ्क बढेको बजार त्यसपछि घट्दो क्रममा रहेको थियो । सामान्य उतारचढाबकाबीच बजार अन्त्यमा झिनो अङ्कको गिरावटसँगै घटेको हो । उपसूचक मिश्रित देखिएको छ । नौ समूहको कारोबारमा तीन समूह बढेका छन् भने ६ समूहको सूचक घटेको छ ।

सबैभन्दाबढी लघुबित्तको ०.२३ प्रतिशतले शेयर मूल्य बढ्यो । सबैभन्दाबढी जलविद्युत क्षेत्रमा ०.३१ प्रतिशतको गिरावट देखिएको छ । कालिका लघुबित्तका शेयरधनीले करिब १० प्रतिशत कमाए । सांग्रिला डेभलपमेन्टका शेयरधनीले करिब तीन प्रतिशत गुमाए ।
      


 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।