logo

कारोबार रकममा भने सामान्य सुधार आए पनि नेप्से १.५६ अंकले घटेर ११७८.८७ बिन्दुमा झ¥यो

    1589   पटक पढिएको

१९ पुस /अर्थ र व्यापार - साताको अन्तिम दिन बिहिबार शेयरबजार झिनो अंकले घटेको छ भने कारोबार रकममा भने सामान्य सुधार आएको छ । बुधबार २५ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा विहिबार २७ करोड रुपैयाँ भन्दा बढीको कारोबार भयो । बिहिबार नेप्से १.५६ अंकले घटेर ११७८.८७ बिन्दुमा झरेको छ । १५८ कम्पनीका ७ लाख ९७ हजार ६१३ कित्ता शेयर किनबेच भएर २७ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भयो । यस दिन ‘क’ वर्गका कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.४८ अंकले घटेर २५०.०६ बिन्दुमा झरेको छ ।

कारोबारमा आएका नौं उप सूचक मिश्रीत देखिएका छन् । छ वटा सूचकमा हरियाली छाएको छ भने बाँकी तीन सूचक ऋणात्मक बनेको छ । नौं उप सूचक मध्ये जीवन बीमा, होटल, निर्जीवन बीमा माइक्रोफाइनान्स र फाइनान्स र अन्य समुह सकारात्मक देखिए । सबै भन्दा धेरै जीवन बीमा समुहको ६८.०५ अंकले बढेको छ । यस्तै होटल १८.२५, निर्जीवन १५.०२, माइक्रोफाइनान्स १.२२, फाइनान्स ०.३८ र अन्य समुहको सुचक ०.३ अंकले सुधारिएका छन् ।

यस दिन सबैभन्दा धेरै हाइड्रोपावर समुहको ६.३७ अंकले घटेको छ । यस्तै विकास बैंकको ६.१८ र बाणिज्य बैंकको सुचक ४.३६ अंकले ओरालो लागेका छन । बिहिबार नेपाल बैंकको सबै भन्दा धरै रकमको शेयर कारोबार भएको छ । बैंकको २ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । यस्तै एनटिसीको १ करोड ६६ लाख, नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ३७ लाख, नेपाल लाइफ इन्स्योरेन्सकै संस्थापक शेयर १ करोड २६ लाख र एनसीसी बैंकको १ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अन्य कुनै पनि कम्पनीको कारोबार रकम भने करोड नाघ्न सकेन ।

युनाइटेड मोदी हाइड्रोपावरको शेयरमुल्य सबैभन्दा धेरै ५ प्रतिशतले बढेको छ । सिन्धु विकास बैंकको ४.८८, रिडी हाइड्रोपावरको ४.१७ र अपि पावरका शेयरमूल्य ३.९२ प्रतिशतले बढेको हो । यस्तै मिर्मिरे लघुवित्त, समता माइक्रोफाइनान्स, ङादी ग्रुप, मिथिला लघुवित्त, नेरुडे लघुवित्त, नेशनल माइक्रोफाइनान्सका शेयरधनीहरुले २ प्रतिशत भन्दा बढीले कमाएका छन् ।
यता कालिका लघुवित्तको शेयरधनीहरुले सबैभन्दा धेरै ६.९७ प्रतिशतले गुमाएका छन् । यस्तै हाथवे फाइनान्सको ४.७६ प्रतिशत र साइनरेसुङ्गा विकास बैंकको शेयर मूल्य ४.३८ प्रतिशतले घटेका छन् ।

यसैगरी नगबेली, आँखु खोला र एभरेष्ट इन्स्योरेन्स्सका शेयरधनीहरुले ३ प्रतिशत भन्दा बढीले गुमाएका छन् । काबेली विकास बैंक, बरुण हाइड्रोपावर, सर्पोट माइक्रोफाइनान्स र प्रुडेन्सियल इन्स्योरेन्सको शेयरमुल्य २ प्रतिशत भन्दा बढीले घटेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।