logo

कारोबार रकममा भने सामान्य सुधार आए पनि नेप्से १.५६ अंकले घटेर ११७८.८७ बिन्दुमा झ¥यो

    1334   पटक पढिएको

१९ पुस /अर्थ र व्यापार - साताको अन्तिम दिन बिहिबार शेयरबजार झिनो अंकले घटेको छ भने कारोबार रकममा भने सामान्य सुधार आएको छ । बुधबार २५ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा विहिबार २७ करोड रुपैयाँ भन्दा बढीको कारोबार भयो । बिहिबार नेप्से १.५६ अंकले घटेर ११७८.८७ बिन्दुमा झरेको छ । १५८ कम्पनीका ७ लाख ९७ हजार ६१३ कित्ता शेयर किनबेच भएर २७ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भयो । यस दिन ‘क’ वर्गका कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.४८ अंकले घटेर २५०.०६ बिन्दुमा झरेको छ ।

कारोबारमा आएका नौं उप सूचक मिश्रीत देखिएका छन् । छ वटा सूचकमा हरियाली छाएको छ भने बाँकी तीन सूचक ऋणात्मक बनेको छ । नौं उप सूचक मध्ये जीवन बीमा, होटल, निर्जीवन बीमा माइक्रोफाइनान्स र फाइनान्स र अन्य समुह सकारात्मक देखिए । सबै भन्दा धेरै जीवन बीमा समुहको ६८.०५ अंकले बढेको छ । यस्तै होटल १८.२५, निर्जीवन १५.०२, माइक्रोफाइनान्स १.२२, फाइनान्स ०.३८ र अन्य समुहको सुचक ०.३ अंकले सुधारिएका छन् ।

यस दिन सबैभन्दा धेरै हाइड्रोपावर समुहको ६.३७ अंकले घटेको छ । यस्तै विकास बैंकको ६.१८ र बाणिज्य बैंकको सुचक ४.३६ अंकले ओरालो लागेका छन । बिहिबार नेपाल बैंकको सबै भन्दा धरै रकमको शेयर कारोबार भएको छ । बैंकको २ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । यस्तै एनटिसीको १ करोड ६६ लाख, नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ३७ लाख, नेपाल लाइफ इन्स्योरेन्सकै संस्थापक शेयर १ करोड २६ लाख र एनसीसी बैंकको १ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अन्य कुनै पनि कम्पनीको कारोबार रकम भने करोड नाघ्न सकेन ।

युनाइटेड मोदी हाइड्रोपावरको शेयरमुल्य सबैभन्दा धेरै ५ प्रतिशतले बढेको छ । सिन्धु विकास बैंकको ४.८८, रिडी हाइड्रोपावरको ४.१७ र अपि पावरका शेयरमूल्य ३.९२ प्रतिशतले बढेको हो । यस्तै मिर्मिरे लघुवित्त, समता माइक्रोफाइनान्स, ङादी ग्रुप, मिथिला लघुवित्त, नेरुडे लघुवित्त, नेशनल माइक्रोफाइनान्सका शेयरधनीहरुले २ प्रतिशत भन्दा बढीले कमाएका छन् ।
यता कालिका लघुवित्तको शेयरधनीहरुले सबैभन्दा धेरै ६.९७ प्रतिशतले गुमाएका छन् । यस्तै हाथवे फाइनान्सको ४.७६ प्रतिशत र साइनरेसुङ्गा विकास बैंकको शेयर मूल्य ४.३८ प्रतिशतले घटेका छन् ।

यसैगरी नगबेली, आँखु खोला र एभरेष्ट इन्स्योरेन्स्सका शेयरधनीहरुले ३ प्रतिशत भन्दा बढीले गुमाएका छन् । काबेली विकास बैंक, बरुण हाइड्रोपावर, सर्पोट माइक्रोफाइनान्स र प्रुडेन्सियल इन्स्योरेन्सको शेयरमुल्य २ प्रतिशत भन्दा बढीले घटेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।