logo

शेयर बजारमा झिनो अंकको वृद्धि, कारोबार रकम २२ करोड ४३ लाख रुपैयाँमा खुम्चियो

    1469   पटक पढिएको

१४ माघ/ अर्थ र व्यापार - सोमबार २.७९ अंकले शेयर बजार बढे पनि कारोबार रकम २२ करोड ४३ लाख रुपैयाँमा खुम्चियो । सबै भन्दा धेरै सिभिल बैंकको संस्थापक शेयर एक करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै ९.९२ प्रतिशतले बढेको सपोर्ट माइक्रोफाइनान्स कारोबारमा सर्किट लागेको थियो ।

शेयर बजार १०.६८ अंकले ओरालो लागेसँगै प्यानमा देखिएको अन्यौलबारे धितोपत्र बोर्डले आवश्यक छलफलपछि मात्रै कार्यान्वयन गर्ने बताएपछि सोमबार शेयर बजारमा सामान्य सुधार देखिएको छ । अधिकांश कम्पनीले गत वर्षको नाफाबाट लाभांश बाँडिसकेकोले पछिल्लो सयम शेयर बजार घटिरहेको छ । दुई साता अगाडि माथिल्लो तामाकोशीले शेयरले बजारमा उत्साह देखिएको भएपनि पछिल्ला दिन शेयर बजार ओरालो लागिरहेको छ ।

बाणिज्य बैंक, माइक्रोफाइनान्स, बीमा कम्पनीको सूचक बढ्दा समग्र शेयर बजार नै हरियो देखिएको हो । होटल, हाइड्रोपावर, उत्पादन तथा प्रसोधन र अन्य सूचक घटेका छन् । सूचीकृत कम्पनीहरु मध्ये बीमा कम्पनीहरुले गत आर्थिक वर्षको वार्षिक साधारणसभा गर्न बाँकी छ । साथै लाभांश पनि घोषणा गरेका छैनन् । अझै लाभांश दिन बाँकी भएकोले बीमा कम्पनीको बजार मूल्य बढिरहेको छ ।

कम्पनी ऐन अनुसार आर्थिक वर्ष सकिएको ६ महिना भित्रमा साधारणसभा गरिसक्नु पर्छ । तर बीमा कम्पनीहरुले बीमाङ्कीय मूल्याङ्कन गर्न ढिलाइ गर्दा लेखापरीक्षण गर्न सकेका छैनन् । यसले गर्दा लाभांश घोषणा गर्न नसकेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।