logo

कारोबार रकममा सामान्य सुधार आएपनि परिसूचक नेप्से ५ अंक बढीले ओरालो लाग्यो

    1259   पटक पढिएको

१८ पुस /अर्थ र व्यापार  - बुधबार शेयर बजार परिसूचक नेप्से ५ अंक बढीले ओरालो लाग्दा कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । कारोबारमा आएकामध्ये व्यापार र लघुवित्त समूह बाहेकका सबै समूहका सूचक ओरालो लागेपछि समग्र बजार घटेको हो ।बुधबार नेप्से ५.४२ अंकले घटेर ११८०.४३ अंकमा झरेको छ । यस दिन १५४ कम्पनीको ७ लाख ५१ हजार ४११ कित्ता शेयर २५ करोड ७६ लाख रुपैयाँमा खरिद बिक्री भएको छ । मंगलबार २२ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको थियो । आज कारोबारमा आएका ११ उप समूहको सूचक मध्ये दुई समूहको सूचक मात्र सकारात्मक रहेको छ । लघुवित्त समूहको सूचक ६.५९ अंक र व्यापार समूहको सूचक २.७९ अंकले बढेकोे छ ।

जीवन बीमा समूहको सूचक सबै भन्दा धेरै ६८.३९ अंकले घटेको छ । जलविद्युत १२.६२, उत्पादनमुलक ९.२१, र्निजीवन बीमा ८.४३, होटल ५.७९, अन्य ५.६८, बैंकिङ्ग ४.४४, विकास बैंक ३.१ र वित्त उप समूहको सूचक ०.८६ अंकले नकारात्मक रह्यो ।
आज चिलिमे हाइड्रोपावर कम्पनी शेयर सबैं भन्दा धेरै रकमको कारोबार भएको छ । चिलिमेको ३३ हजार ४०६ कित्ता शेयर दुई करोड २८ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ । सबै भन्दा धेरै जनता बैंकको ४९ हजार ९६९ कित्ता शेयर किनबेच भयो । बुधबार कालिका लघुवित्तको शेयर मूल्य सबै भन्दा धेरै ९.४२ प्रतिशतले बढेको छ । युनाइटेड इस्योरेन्सको शेयर मूल्य ८.७९ प्रतिशतले वृद्धि भएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेसन र र्निधन उत्थान लघुवित्तको शेयर मूल्य ४.७९ प्रतिशतले बढयो ।

सुर्योदय लघुवित्त, प्रुडेन्सियल इन्स्योरेन्स, देव विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकको शेयर मूल्य तीन प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । यता शेयर मूल्य गुमाउने कम्पनीहरुमा अरुण कावेली र हाथवे फाइनान्सको शेयर मूल्य ४ प्रतिशत भन्दा धेरैले संकुचन भएको छ । गोर्खाज फाइनान्स, सिद्धार्थ इन्स्योरेन्स, समता माइक्रोफाइनान्स र राधि हाइड्रोपावर डेभलपमेन्टको शेयर मूल्य तीन प्रतिशत भन्दा धेरैले खस्किएको छ । साथै प्रभू इन्स्योरेन्स, सुर्य लाईफ इन्स्योरेन्स कम्पनी, समिट माइक्रोफाइनान्स र सिभिल लघुवित्तको शेयर मूल्य दुई प्रतिशत भन्दा धेरैले घटेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।