logo

शेयर बजारमा सामान्य उतारचढाब, २८ करोड ७७ लाख रुपैयाँको कारोबार

    1085   पटक पढिएको

३ माघ /अर्थ र व्यापार - मन्द शेयर बजारमा केही सूचक बढ्दा हौसिने लगानीकर्ता बजार रातो हुने वित्तीकै भएको शेयर पनि बिक्री गर्न थाल्छन् । घट्दो ट्रेण्डमा रहेको बजारमा शेयर खरिद गर्ने बेला यहि हो भनेर उठायो भोलिपल्ट देखिनै घट्न थाल्छ । बजार बढ्छ भन्ने भयो भने मात्रै लगानीकर्ताले शेयर कर्जा लिएर शेयर खरिद गर्छन् । तर बजार डाउन ट्रेण्डमा हुँदा कसैले पनि आँट गरेर शेयर खरिद नगर्ने एक ब्रोकर कार्यालयका प्रमुखले बताए ।

माघ एक गते एकाएक १७ अंकले बजार बढ्यो । बजार बढ्यो भनेर त्यस दिन हौसिएर शेयर खरिद गर्नेहरुले गएका लगातार दुई दिन गुमाइसके । यसले गर्दा पनि शेयर बजारमा अझै मन्दी देखिएको हो । १७ अंकले बजार बढ्दा ३७ करोड रुपैयाँको कारोबार भयो तर बुधबार  बजार ७ अंकले घट्दा कारोबार रकम ५३ करोड रुपैयाँको भयो। यो तथ्याङ्कले लगानीकर्ताको मनोबल नभएको संकेत गर्दछ ।

बजार अलिकति बढ्नासाथ शेयर बेचेर बाहिरिने अनि बढ्ने संकेत देखिए पनि शेयर खरिद गर्न खोज्ने सामान्य अवस्था बाहेका बजारमा कुनै चाप नभएको ब्रोकरहरु बताउँछन् । बिहीबार सामान्य उतारचढावसँगै २८ करोड ७७ लाख रुपैयाँको कारोबार भयो । नेप्से सूचक ०.२० अंकले मात्रै तल झरेर १८७.७७ विन्दुमा रोकिएको छ । अपर तामाकोशी बिहीबार पनि १० प्रतिशतले बढेको छ भने जोशी हाइड्रोपावर १० प्रतिशतले घटेको छ । अपर तामाकोशीको बजार मूल्य ३११ रुपैयाँ पुगेको छ ।   

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।