logo

शेयर बजारमा सबै समूहको सूचक उकालो लाग्यो, ४ कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढ्यो  

    1559   पटक पढिएको

१ माघ /अर्थ र व्यापार - मंगलबारको शेयर बजारमा हरियाली छाएको छ । कारोबारमा आएका सबै समूहको सूचक उकालो लाग्दा समग्र नेप्से दोहारो अंकले बढेको छ भने कारोबार रकममा समेत सुधार आएको छ । बजारमा हरियाली छाउँदा चार कम्पनीको शेयरमूल्य दश प्रतिशतका दरले बढेको छ ।

पुष मसान्त सकिएसँगै करको झन्झटबाट मुक्त पाएका लगानीकर्ताले शेयरमा लगानी बढाउदा बजारमा सकारात्मक प्रभाव परेको हो । अर्कातर्फ नागरिक लगानीकोष तथा अपर तामाकोशी लगायतको शेयरमूल्य दश प्रतिशतको हाराहारीमा बढ्दा समग्र बजार उच्चाल्न टेवा पुगेको हो ।मंगलबार बजार खुले देखि लगातार बढेको नेप्से १७.५१ अंकले बढेर ११९५.५४ अंकमा पुगेको छ । यस दिन १५८ कम्पनीको ८ लाख ३५ हजार २३९ कित्ता शेयर ३९ करोड ७३ लाख रुपैयाँमा खरिद बिक्री भयो । यस दिन कारोबारमा आएका सबै उप समूहहरुको सूचकमा हरियाली छाएको छ भने र्निजीवन बीमा उप समूहको सूचक सबै भन्दा धेरै २३२.९२ अंकले बढेको छ ।

जीवन बीमा उप समूह १९७.०९, लघुवित्त ५३.५४, जलविद्युत ५२.७७, विकास बैंक १६.७५, अन्य ११.५५, होटल ६.५, बैंकिङ्ग ५.०४, व्यापार २.८७ र उत्पादन मूलक उप समूहको सूचक २.६५ अंकले सकारात्मक रह्यो । मंगलबार नागरिक लगानी कोषको सबै भन्दा धेरै रकमको शेयर कारोबार भएको छ भने नेपाल बैंकको सबै भन्दा धेरै शेयर किनबेच भयो । नागरिक लगानीकोषको २८ हजार ५१० कित्ता शेयर आठ करोडमा खरिद बिक्री भएको छ । नेपाल बैंकको ६४ हजार ४९ कित्ता शेयर एक करोड ९१ लाख रुपैयाँमा किनबेच भयो ।

यसदिन चार वटा कम्पनीको शेयरमूल्य झण्डै दश प्रतिशतका दरले बढेको छ । जसमा नागरिक लगानी कोष, ग्रमिण विकास लघुवित्त, माथिल्लो तामाकोशी र अरुण कावेलीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढोत्तरी भएको छ ।
साथै सिटी एक्सप्रेस, फरर्वाड कम्यूनिटी माइक्रोफाइनान्स,सांग्रिला डेभलपमेन्ट बैंक, मेरो माइक्रोफाइनान्स र प्रूडेन्सियल इन्स्योरेन्स लगायतको शेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ ।

त्यसैगरी, सिद्धार्थ इक्यिूट फण्ड र गण्डकी विकास बैंकको शेयर मूल्य दुई प्रतिशतले घटेको छ । साथै हिमालयन डिस्टिलरी, अरुण भ्याली, गोर्खाज् फाइनान्स, मल्टिपर्पर्स फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, जेविल्स फाइनान्स, बैंक अफ काठमाण्डू र पोखरा फाइनान्सको शेयर मूल्य एक प्रतिशत भन्दा धेरैले घटेको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।