logo

बिहीबार शेयर कारोबार रकम बढ्नुका साथै नेप्सेमा सामान्य अंकको सुधार

    1630   पटक पढिएको

२६ पुस /अर्थ र व्यापार  - पूँजी बजार सुधारका कार्यक्रमको प्रभावले शेयर बजार लयमा फर्किन थालेको छ । हिजो बुधबार २.२९ अंकले बढेको बजारले आज बिहीबार पनि निरन्तरता पाएको हो । साताको अन्तिम दिन बिहीबार पनि नेप्सेमा सामान्य अंकको सुधार देखिएको छ ।

यस दिन कारोबार रकममा समेत बढेको छ । बुधबार ३४ करोड रुपैयाँको कारोबार भएको बजारमा आज बिहीबार भने ३६ करोड भन्दा बढीको काराबोर भएको छ । नेप्से १.४८ अंकले बढेर ११८०.८४ बिन्दुमा पुगेको छ । १६३ कम्पनीका १३ लाख ८७ हजार ५९२ कित्ता शेयर किनबेच हुँदा ३६ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन ‘क’ वर्गका कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.३९ अंकले बढेर २५०.६५ बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका ११ उपसूचक मिश्रीत देखिएका छन् । जसमध्ये ७ उपसूचक सकारात्मक देखिएको छ भने ४ उप सूचक ऋणात्मक देखिएको छ । बिहीबारको बजारमा सबैभन्दा धेरै निर्जीवन बीमा समूहको सूचक २२.१७ अंकले बढेको छ । यस्तै जीवन बीमा ५.९६, माइक्रोफाइनान्स ५.७, ट्रेडिङ्ग २.५३, फाइनान्स २.५२, वाणिज्य बैंक १.५८, अन्य समूहको सुचक १.१९ अंकले सुधार भएका छन् । 

यस्तै सबैभन्दा धेरै विकास बैंकको सूचक ६.६ अंकले घटेको छ । यस्तै उत्पादन तथा प्रशोधन ५.८२, हाइड्रोपावर २.३५ र होटल्स उप सूचक १.७८ अंकले ऋणात्मक रहे । बिहीबार नेपाल बैंकको सबैभन्दा धरै रकमको कारोबार भएको छ । बैंकको ११ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । २२ वर्षपछि लाभांश बाँड्न लागेको बैंकले बोनस बाँड्ने आशामा केही दिनयता बैंकको उच्च कारोबार हुँदै आएको छ ।

यस्तै आजै लाभांश प्रस्ताव गरेको कुमारी बैंकको १ करोड ८७ लाख, नेपाल लाइफ इन्स्योरेन्सको १ करोड २६ लाख, नेशनल हाइड्रोपावरको १ करोड २० लाख, बैंक अफ काठमाण्डूको १ करोड १४ लाख, एनआइसी एशिया बैंकको १ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएका छन् । बाँकी कुनै पनि कम्पनीको कारोबार रकम भने करोड नाघ्न सकेन ।

यस दिन सबैभन्दा धेरै सानिमा इक्वीटी फण्डको इकाई मूल्य ९.९७ प्रतिशतले बढेको छ । यस्तै सपोर्ट माइक्रोफाइनान्सको ५.८९, जेबिल्स फाइनान्सको ५ र तारागाँउ रेजेन्सीको शेयर मूल्य ४.६० प्रतिशतले बृद्धि भएको छ । एनएमबी माइक्रोफाइनान्स, आइसिएफसी फाइनान्स, कुमारी बैंक, रिडी हाइड्रोपावर, छिमेक लघुवित्तका शेयरधनीहरुले ३ प्रतिशत भन्दा बढीले कमाएका छन् । यता सिनर्जी पावरको शेयर मूल्य सबै भन्दा धेरै ५.१० प्रतिशतले घटेको छ । पूर्णिमा विकास बैंकका शेयरधनीले ३.७९ प्रतिशतले गुमाएका छन् ।

यस्तै साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, पञ्चकन्या माई हाइड्रोपावर, हिमालयन पावर पार्टनरका शेयरधनीहरुले २ प्रतिशत भन्दा बढीले गुमाएका छन् ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।