logo

बिहीबार शेयर कारोबार रकम बढ्नुका साथै नेप्सेमा सामान्य अंकको सुधार

    1364   पटक पढिएको

२६ पुस /अर्थ र व्यापार  - पूँजी बजार सुधारका कार्यक्रमको प्रभावले शेयर बजार लयमा फर्किन थालेको छ । हिजो बुधबार २.२९ अंकले बढेको बजारले आज बिहीबार पनि निरन्तरता पाएको हो । साताको अन्तिम दिन बिहीबार पनि नेप्सेमा सामान्य अंकको सुधार देखिएको छ ।

यस दिन कारोबार रकममा समेत बढेको छ । बुधबार ३४ करोड रुपैयाँको कारोबार भएको बजारमा आज बिहीबार भने ३६ करोड भन्दा बढीको काराबोर भएको छ । नेप्से १.४८ अंकले बढेर ११८०.८४ बिन्दुमा पुगेको छ । १६३ कम्पनीका १३ लाख ८७ हजार ५९२ कित्ता शेयर किनबेच हुँदा ३६ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन ‘क’ वर्गका कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.३९ अंकले बढेर २५०.६५ बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका ११ उपसूचक मिश्रीत देखिएका छन् । जसमध्ये ७ उपसूचक सकारात्मक देखिएको छ भने ४ उप सूचक ऋणात्मक देखिएको छ । बिहीबारको बजारमा सबैभन्दा धेरै निर्जीवन बीमा समूहको सूचक २२.१७ अंकले बढेको छ । यस्तै जीवन बीमा ५.९६, माइक्रोफाइनान्स ५.७, ट्रेडिङ्ग २.५३, फाइनान्स २.५२, वाणिज्य बैंक १.५८, अन्य समूहको सुचक १.१९ अंकले सुधार भएका छन् । 

यस्तै सबैभन्दा धेरै विकास बैंकको सूचक ६.६ अंकले घटेको छ । यस्तै उत्पादन तथा प्रशोधन ५.८२, हाइड्रोपावर २.३५ र होटल्स उप सूचक १.७८ अंकले ऋणात्मक रहे । बिहीबार नेपाल बैंकको सबैभन्दा धरै रकमको कारोबार भएको छ । बैंकको ११ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । २२ वर्षपछि लाभांश बाँड्न लागेको बैंकले बोनस बाँड्ने आशामा केही दिनयता बैंकको उच्च कारोबार हुँदै आएको छ ।

यस्तै आजै लाभांश प्रस्ताव गरेको कुमारी बैंकको १ करोड ८७ लाख, नेपाल लाइफ इन्स्योरेन्सको १ करोड २६ लाख, नेशनल हाइड्रोपावरको १ करोड २० लाख, बैंक अफ काठमाण्डूको १ करोड १४ लाख, एनआइसी एशिया बैंकको १ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएका छन् । बाँकी कुनै पनि कम्पनीको कारोबार रकम भने करोड नाघ्न सकेन ।

यस दिन सबैभन्दा धेरै सानिमा इक्वीटी फण्डको इकाई मूल्य ९.९७ प्रतिशतले बढेको छ । यस्तै सपोर्ट माइक्रोफाइनान्सको ५.८९, जेबिल्स फाइनान्सको ५ र तारागाँउ रेजेन्सीको शेयर मूल्य ४.६० प्रतिशतले बृद्धि भएको छ । एनएमबी माइक्रोफाइनान्स, आइसिएफसी फाइनान्स, कुमारी बैंक, रिडी हाइड्रोपावर, छिमेक लघुवित्तका शेयरधनीहरुले ३ प्रतिशत भन्दा बढीले कमाएका छन् । यता सिनर्जी पावरको शेयर मूल्य सबै भन्दा धेरै ५.१० प्रतिशतले घटेको छ । पूर्णिमा विकास बैंकका शेयरधनीले ३.७९ प्रतिशतले गुमाएका छन् ।

यस्तै साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, पञ्चकन्या माई हाइड्रोपावर, हिमालयन पावर पार्टनरका शेयरधनीहरुले २ प्रतिशत भन्दा बढीले गुमाएका छन् ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।