logo

मंगलबार सेयरबजार ७.५६ अंकले बढ्यो

    1599   पटक पढिएको

१७ साउन / अर्थ र व्यापार – पछिल्ला केही साता यता सेयरबजारमा उच्च कारोबार हुँदै आएको बीमा समूहलाई मंगलबारको कारोबारमा वाणिज्य बैंक समूहले उछिनेको छ । लगानीकर्ताले आफ्नो कारोबारको पोर्टफोलियो बदल्ला फेरि बैकिंङ समूहको कारोबारमा वृद्धि भएको हो । यसदिन केही माइक्रोफाइनान्सको उच्च कारोबार हुँदा विकास बैंक समूहको कारोबार रकमले सबैलाई उछिनेको छ ।

मंगलबार नेप्से परिसूचक ७.५६ अंकले बढेर १६६०.२५ अंकमा पुगेको छ । कारोबारमा आएका बीमा र होटल बाहेकका सबै समूहका सूचक बढेपछि समग्र बजार बढेको हो । मंगलबारको कारोबारमा बीमा समूहको सूचक सबैभन्दा बढी ४१ अंकले घटेको छ भने विकास बैंक समूहको सबैभन्दा बढी ४४ अंकले बढेको छ ।

कुल १५८ कम्पनीको एक अर्ब चार करोड बराबरको भयो । कारोबार रकम सोमबारकै बराबर हो । सेयर बजार सकारात्मक रहँदा लगानीकर्ताको सम्पति समेत करिब दश अर्बले बढेको छ । यसदिन समग्र बजारपूँजीकरण १९ खर्ब ४२ अर्ब कायम भएको छ ।

मंगलबारको बजारमा बीमा समूहलाई वाणिज्य बैंक समूहको कारोबार रकमले पछि पारेको छ । यसदिन बीमा समूहको १९ करोड बराबरको कारोबार हुँदा वाणिज्य बैंक समूहमा २२ करोड र सबैभन्दा धेरै माइक्रोफाइनान्स समावेश विकास बैंक समूहमा ४४ करोड बराबरको सेयर किनबेच भएको छ ।

मंगलबारको बजारमा नेपाल ग्रामिण विकास बैंकको सबैभन्दा धेरै ७ करोड बढीको सेयर किनबेच भएको छ । ओरेन्टल होटलको झण्डै चार करोड बराबरको सेयर किनबेच हुँदा मुक्तिनाथ विकास बैंक र प्रभु बैंकको पनि ३ करोड बढीको कारोबार भयो । यसदिन उच्च कारोबार गर्ने कम्पनीमा केही लघुवित्त कम्पनीहरु देखा परेका छन ।

नेशनल माइक्रोफाइनान्स र मिर्मिरे माइक्रोफाइनान्सको सेयरमूल्य दश प्रतिशतका दरले बढेको छ । त्यस्तै हिमालयन डिष्टलरी, कुवेर मर्चेन्ट, जानकी फाइनान्स र जनउत्थान लघुवित्तको सेयरमूल्य पनि दश प्रतिशतकै हाराहारीमा बढेको छ । नेपाल कम्युनिटि डेभलपमेन्ट बैंक, अरुण फाइनान्स, वल्र्ड मर्चेन्ट फाइनान्स लगायतको सेयरमूल्य घटेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।