logo

मंगलबार सेयरबजार ७.५६ अंकले बढ्यो

    1344   पटक पढिएको

१७ साउन / अर्थ र व्यापार – पछिल्ला केही साता यता सेयरबजारमा उच्च कारोबार हुँदै आएको बीमा समूहलाई मंगलबारको कारोबारमा वाणिज्य बैंक समूहले उछिनेको छ । लगानीकर्ताले आफ्नो कारोबारको पोर्टफोलियो बदल्ला फेरि बैकिंङ समूहको कारोबारमा वृद्धि भएको हो । यसदिन केही माइक्रोफाइनान्सको उच्च कारोबार हुँदा विकास बैंक समूहको कारोबार रकमले सबैलाई उछिनेको छ ।

मंगलबार नेप्से परिसूचक ७.५६ अंकले बढेर १६६०.२५ अंकमा पुगेको छ । कारोबारमा आएका बीमा र होटल बाहेकका सबै समूहका सूचक बढेपछि समग्र बजार बढेको हो । मंगलबारको कारोबारमा बीमा समूहको सूचक सबैभन्दा बढी ४१ अंकले घटेको छ भने विकास बैंक समूहको सबैभन्दा बढी ४४ अंकले बढेको छ ।

कुल १५८ कम्पनीको एक अर्ब चार करोड बराबरको भयो । कारोबार रकम सोमबारकै बराबर हो । सेयर बजार सकारात्मक रहँदा लगानीकर्ताको सम्पति समेत करिब दश अर्बले बढेको छ । यसदिन समग्र बजारपूँजीकरण १९ खर्ब ४२ अर्ब कायम भएको छ ।

मंगलबारको बजारमा बीमा समूहलाई वाणिज्य बैंक समूहको कारोबार रकमले पछि पारेको छ । यसदिन बीमा समूहको १९ करोड बराबरको कारोबार हुँदा वाणिज्य बैंक समूहमा २२ करोड र सबैभन्दा धेरै माइक्रोफाइनान्स समावेश विकास बैंक समूहमा ४४ करोड बराबरको सेयर किनबेच भएको छ ।

मंगलबारको बजारमा नेपाल ग्रामिण विकास बैंकको सबैभन्दा धेरै ७ करोड बढीको सेयर किनबेच भएको छ । ओरेन्टल होटलको झण्डै चार करोड बराबरको सेयर किनबेच हुँदा मुक्तिनाथ विकास बैंक र प्रभु बैंकको पनि ३ करोड बढीको कारोबार भयो । यसदिन उच्च कारोबार गर्ने कम्पनीमा केही लघुवित्त कम्पनीहरु देखा परेका छन ।

नेशनल माइक्रोफाइनान्स र मिर्मिरे माइक्रोफाइनान्सको सेयरमूल्य दश प्रतिशतका दरले बढेको छ । त्यस्तै हिमालयन डिष्टलरी, कुवेर मर्चेन्ट, जानकी फाइनान्स र जनउत्थान लघुवित्तको सेयरमूल्य पनि दश प्रतिशतकै हाराहारीमा बढेको छ । नेपाल कम्युनिटि डेभलपमेन्ट बैंक, अरुण फाइनान्स, वल्र्ड मर्चेन्ट फाइनान्स लगायतको सेयरमूल्य घटेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।