logo

आइतबार सेयर बजारमा २१.९९ अंकको गिरावट

    1475   पटक पढिएको

१८ असार / अर्थ र व्यापार – सेयर कारोबारमा मूल्य अभिवृद्धि कर ( भ्याट) लाग्ने अनावश्यक हल्ला चलाईएपछि सेयर लगानीकर्ताको मनोबल कमजोर भएको छ । यसको प्रभावले आइतबारको सेयरबजार निराशाजनक रह्यो ।
आइतबार नेप्से २१.९९ अंकले घटेर १५४१.८२ विन्दुमा झरेको छ । कुल १४८ कम्पनीको कारोबार भएको बजारमा ५६ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो ।
बुधबारको तुलनामा कारोबार रकम ७ करोडले बढेको छ । बजार उच्च अंकले झरेको बेला केही लगानीकर्ताले सेयर खरिदको क्रम बढाउदा कारोबार रकममा भने अघिल्लो कारोबारको तुलनामा सामान्य बढोत्तरी आएको हो । 
यसदिन समग्र बजार पूँजीकरण १८ खर्ब ३२ अर्ब कायम भएको छ । अघिल्लो दिनको तुलनामा लगानीकर्ताको सम्पत्ति एक अर्बले घटेको छ ।
आइतबार कारोबारमा आएकामध्ये होटल र अन्य समुह बाहेक सबै समूहका परिसुचक ओरालो लागेका छन् । बीमा समूह सबैभन्दा बढी १२९ अंकले झरेको छ । विकास बैंक ३०, जलविद्युत समुह २५, वाणिज्य बैंक २२, उत्पादन २० र वित्त समूह ६ अंकले झरेका छन । अन्य समूह २.६१ अंकले बढेको छ भने होटल समूह सामान्य उकालो लागेको छ ।
आइतबारकमे नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी ५ करोड बढीको सेयर कारोबार भएको छ । स्ट्याण्र्डड चार्टर्ड र हिमालयन जनरल इन्स्योरेन्सको पनि ३ करोड बढीको कारोबार भयो ।
घटेको बजारमा पोखरा फाइनान्सको सेयरमूल्य सबैभन्दा धेरै दश प्रतिशतले बढेको छ । फाइनान्सले प्रिमयम सहति २२० रुपैयाँमा एफपीओ जारी गर्न धितोपत्रबाट अनुमति पाएपछि यसको सेयरमूल्य बढेको देखिन्छ । हिमालयन जनरल इन्स्योरेन्सको पनि चार प्रतिशत बढीले सेयरमूल्य उकालो लागेको छ । यसदिन १८ कम्पनीको मात्र सेयरमूल्य बढेको छ ।
यसदिन एभरेष्ट बैंकका संस्थापक सेयरधनीले दश प्रतिशतकै हाराहारीमा गुमाए । कन्काई विकास, गुराँस लाइफ, सप्तकोशी डेभलपमेन्ट बैंक, एभरेष्ट इन्स्योरेन्स तथा हाम्रो विकास बैंक लगायतको सेयरमूल्य घटेको छ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।