logo

आइतबार शेयर बजारमा सुधारको संकेत, अर्थमन्त्री डा.खतिवडाको राजीनामा माग गर्दै लगानीकता अनशनमा

    1239   पटक पढिएको

२३ मंसिर /अर्थ र व्यापार - अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गर्दै लगानीकर्ताले अनशन बसेकै दिन शेयर बजार हरियो भएको छ । शेयर बजार सुधार गर्न नसकेको आरोप उनीहरुले अर्थमन्त्रीलाई लगाएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक ७.६० अङ्कले बढेर १२२८.४५ अंकमा उक्लिएको  छ । लगानीकर्ताको एक समूह नेप्से कार्यालय अगाडि अनशनमा बसेका छन् । 

आइतबार १५५ कम्पनीका सात लाख १४ हजार कित्ता शेयर किनबेच भएको छ । दिनभरीमा २२ करोड ३७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा बढी दुई करोड ७७ लाख रुपैयाँ बराबरको नेपाल बैकको शेयर किनबेच भएको छ । आइतबार शेयर बजार सुरु भएदेखि नै सुचक बढ्न सुरु गरेको थियो । कारोबारको सुरुवातमा सामान्य बढेको सूचक दुई बजेपछि तीब्र गतिमा बढ्दै बन्द भएको हो । 

उपसूचक मिश्रित देखिएका छन् । ११ समूहको कारोबारमा आठ समूह बढेको छ भने तीन समूह घटेका छन् । सबैभन्दा बढी वाणिज्य बैक समूहको उपसूचक १.०६ प्रतिशतले बढ्यो । उत्पादनमूलक समूह ०.४६ प्रतिशतले घटेको छ। । मिर्मिरे लघुबित्तका शेयरधनीले करिब ६ प्रतिशत कमाएका छन् । लक्ष्मी इक्विटी फण्डका शेयरधनीले सबैभन्दा बढी करिब आठ प्रतिशतले गुमाएका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।