logo

आज चौथो दिन बुधबार पनि नेप्से ओरोलो लाग्ने क्रमले नै निरन्तरता

    1260   पटक पढिएको

४ पुस/ अर्थ र व्यापार - साताको पहिलो र दोश्रो दिन दोहोरो अंकले बढेको नेप्स परिसूचकमा तेश्रो दिन मंगलबार ब्रेक लागेको थियो । आज चौथो दिन बुधबार पनि नेप्से ओरोलो लाग्ने क्रमले नै निरन्तरता पाएको छ । आज ५.४६ अंकले नेप्से परिसूचक घटेको हो । ०.४७ प्रतिशतले परिसूचक घट्दा ११६२.७० बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जले जनाए अनुसार आज १ सय ५८ कम्पनीका १३ लाख २ हजार ८ सय २२ कित्ता सेयर खरिद बिक्री भएको छ । समग्र नेप्सेमा ३८ करोड ७२ लाख ९२ हजार ९ सय ८ रुपैयाँ बराबरको कारोबार भएको हो । नेप्से परिसूचक घटेको दिन आज विकास बैंक समूह, बित्त समूह, निर्जीवन बीमा समूह र उत्पादनमूलक समूह भने बढेका छन् । बाँकी समूह राताम्मे भएका छन् । विकास बैंक समूह १४.९७, बित्त समूह १.०३, निर्जीवन बीमा समूह १७.६९ र उत्पादनमूलक समूह २.३३ अंकले बढेका छन् ।

त्यसैगरी, बैंकिङ समूह ८.६५, होटल समूह ५.५४, जलश्रोत समूह २.१३, अन्य समूह ०.२४, लघुबित्त समूह ५.९३ र जीवन बीमा समूह ३६.५६ अंकले घटेको हो । बजार घटेको दिन आज काबेली विकास बैंक लिमिटेका लगानीकर्ताले सबैभन्दा बढी ९.९३ प्रतिशतले कमाई गरेका छन् । त्यसैगरी, नाग्दी ग्रुप पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ७.३१ प्रतिशतले गुमाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।